19.7 C
Damauli
October 27, 2026
Tanahun Awaj
Uncategorized

६८औं कानून दिवस

दमौली/नेपाल बार एशोसिएशन तनहुँ बार इकाईले विहिबार ६८औं कानून दिवस मनाउने तयारी गरेको छ । तनहूँ जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको प्रमुख आतिथ्यतामा हुन लागेको कानून दिवसको अवसरमा आयोजित चियापान कार्यक्रममा न्याय क्षेत्र समन्वय समितिका सदस्यहरुलाई समेत समेट्ने प्रयास गरेको कोषाध्यक्ष शिवराज काफ्लेले बताउनु भयो । सो कार्यक्रममा तनहुँ बारमा आवद्ध कानून व्यवसायी, बरिष्ठ अधिवक्ता, व्यास नगरप्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, बन, मालपोत, सरकारी वकिल कार्यालयका प्रमुखहरुलाई समेत आमन्त्रण गरिएको छ । व्यास नगरपालिकाको आर्थिक सहयोगमा आयोजित सो कार्यक्रममा तनहुँ जिल्लाका पत्रकारहरुलाई समेत आमन्त्रण गरिएको छ ।

Related posts

२०८१ साल असोज १७ गते प्रकाशित तनहुँ आवाज

admin

नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा सत्यवती विजयी

admin

लकडाउन, हिरासत र मानव अधिकार

admin