Tanahun Awaj
Uncategorized

विपद्मा सुरक्षाः सीपमूलक तालिम

दमौली/समुदायमा आधारित विपद् प्रतिकार्य दक्ष टोली निर्माण गर्ने उद्देश्यका साथ दमौलीमा छ दिने तालिम शुरु भएको छ ।

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले मंगलबार दमौलीमा उद्घाटन गर्नुभएको छ दिने सो तालिमको नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाले व्यवस्थापन गरिरहेको छ । नेपाल रेक्रस सोसाईटी तनहुँ शाखाका सभापति कृष्णहरि वाग्लेको सभापतित्मा शुभारम्भ भएको सो तालिमलाई प्रशिक्षकहरु कृष्णचन्द्र पाण्डे, रामदत्त पौडेल, हरि सिग्देल, विनोद लामिछाने र किरण सेढाईले सहजीकरण गर्ने शाखाकी मन्त्री चिनु पोख्रेलले बताउनु भयो ।

साविक छ गाविसबाट ४÷४ जनाका दरले २४ जनाको सहभागिता रहने सो तालिममा १६ जना बेसिक तालिम लिईसकेकाहरु र ८ जना नयाँ प्रशिक्षार्थीको सहभागिता रहेको उपकोषाध्यक्ष शुकुमलाल गुरुङ्गले बताउनु भयो ।
प्रशिक्षकहरुले सहभागिलाई तालिममा सक्रिय सहभागिता जनाउन आग्रह गर्दै मेहनतको आधारमा तालिममा सहभागिताको र तालिम सम्पन्नताको दुई खालको प्रमाण पत्रको व्यवस्था भएको समेत सूचित गरेका थिए ।

Related posts

लकडाउनका बावजुद न्यायीक सुनवाई

admin

एनसीसीको क्याम्पमा सत्यवती प्लाटुन प्रथम

admin

हाम्रा प्रधानमन्त्रीलाई केही निम्छरा प्रश्नहरु

admin