Tanahun Awaj
Uncategorized

किरियापुत्री भवनलाई आर्थिक सहयोग

दमौली/तनहुँको व्यास नगरपालिका– ३ मा निर्माणाधिन किरियापुत्री भवनलाई आर्थिक सहयोग प्राप्त भएको छ । भानु नगरपालिका– १३, मिर्लुङ घर भई हाल व्यास नगरपालिका– १, गल्वुवेशी बस्ने चक्रबहादुर अधिकारी र श्रीमती मनुजा अधिकारीले उक्त भवन निर्माणका लागि आर्थिक सहयोग गरेका हुन् । अधिकारीले भवनका लागि सोमबार ५ हजार १ सय ७५ रुपैयाँ सहयोग गरेका छन् ।

उक्त रकम अधिकारीले भवन निर्माण समितिका सल्लाहकार प्रियनाथ पौडेललाई हस्तान्तरण गरेका छन् । किरियापुत्री भवन निर्माण जस्तो पुनित कार्यमा आफ्नो तर्फबाट सानो रकम सहयोग गर्न पाएकोमा अधिकारीले खुशी व्यक्त गरे । भवन निर्माण समितिका सल्लाहकार पौडेलले भवन निर्माणका लागि आर्थिक सहयोग गरेकोमा धन्यवाद दिँदै भवन निर्माणका लागि सबैतिरबाट सहयोग प्राप्त हुँदा हौसला मिलेको बताए ।

व्यास– ३ स्थित व्यास गुफा क्षेत्रको पूर्वतर्फ निर्माणाधीन ८ कोठे उक्त भवन ५० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिने समितिले जनाएको छ ।

Related posts

पन्ध्रदिनदेखि अन्धकार छ उम्से क्षेत्र

admin

विज्ञान शिक्षक समाजको वेवीनार

admin

राहत रकम हस्तान्तरण

admin