28.1 C
Damauli
October 6, 2026
Tanahun Awaj
Uncategorized

बालबालिकाको पुस्तक दिवस

भानु/जनसहयोगी मावि भानु १३ मा बालबालिकाको लागि अन्तर्राष्ट्रिय पुस्तक दिवस मनाइएको छ । सन् १९६६ देखि २ अप्रिलमा मनाउदै आएको उक्त दिवसको अवसरमा मंगलबार विद्यालयमा पुस्तक समीक्षा कार्यक्रम गरिएको हो ।

Room To Read का तनहुँ प्रमुख खड्गबहादुर कुँवरले कार्यक्रमको उद्रघाटन गर्दै बालबालिकालाई पठनसिपको विकास गरि आत्मनिर्भर पाठक बन्न आग्रह गरे । कार्यक्रममा व्यास नगर कार्यपालिका सदस्य सुनसरी गुरुङ्ग, भानु १३ की वडा सदस्य शान्ता मौराती, व्यवस्थापन समितिका अध्यक्ष मौलादिन शेख, शिक्षिका लक्ष्मी अधिकारीले मन्तव्य राखेका थिए । कार्यक्रममा पुस्तकालयका संयोजक बाबुराम खनालले अन्तराष्ट्रिय पुस्तक दिवसको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा सहभागि कक्षा एकदेखि पाँचसम्मका विद्यार्थीले उपयोगी पुस्तक पढी महत्वपूर्ण ज्ञान पाएको बताए । कक्षा ५की छात्रा रजिना मियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अरनिको मावि ठुल्ढुङ्गाको बालबालिकाको पनि सहभागिता रहेको थियो ।

Related posts

ने.का.वी.पी.को चियापान

admin

पृथ्वी जयन्तीको सान्दर्भिकता

admin

सत्यवतीमा अन्तरक्रिया कार्यक्रम

admin