30.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

भानु जन्मस्थलमा अन्तर्राष्ट्रिय कवि सम्मेलन

दमौली/गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँको आयोजनामा चैत्र २९ र ३० गते भानु जन्मस्थल चुँदीमा अन्तर्राष्ट्रिय कवि सम्मेलन हुने भएको छ ।
बुधबार पत्रकार सम्मेलन गरी आयोजक संस्था गीतल प्रतिष्ठानले सो कुरा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार सम्मेलनमा नेपाल बाहेक भुटान, म्यानमार, भारत, चीन, बंगलादेश र जापानका कविहरु सहभागि हुने छन् । सम्मेलनमा काठमाण्डौं, पोखरा, चितवन लगाएत नेपालका विभिन्न स्थानका गरी झण्डै पाँच दर्जन कवि तथा साहित्यकारको जमघट हुने आयोजकले जनाएको छ ।

प्रतिष्ठानका अध्यक्ष आकाश अधिकारीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार डिल्लीराम मिश्रको प्रमुख आतिथ्यमा सम्पन्न पत्रकार सम्मेलनमा नेपाली भाषा र साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्न महत्वपूर्ण योगदान गर्नुहुने कवि क्षेत्रप्रताप अधिकारीको सम्मानमा उक्त मितिमा कार्यक्रम गर्न लागिएको बताइएको थियो । चैत्र २९ गते रानीगाउँ होमस्टेमा पाहुनाहरुलाई राखिने छ भने ३० गते भानु जन्मघर शिखर कटेरीसम्म साहित्यिक पदयात्रा, क्षेत्रप्रताप साहित्यिक पुरस्कारबाट पत्रकार तथा साहित्यकार मोहन दुवाल, गीतल प्रभात युवा पुरस्कारबाट पुरु लम्साल तथा गीतल प्रतिभा पुरस्कारबाट दुर्गाकिरण तिवारीलाई पुरस्कृत गरिने छ ।

Related posts

लकडाउनमा अदालतले थप गरेका सेवा

admin

दलित वस्तीमा डस्टविन वितरण

admin

महेन्द्रोदय माविको ६४औं वार्षिकोत्सव सम्पन्न

admin