Tanahun Awaj
Uncategorized

सामुदायिक प्रहरी सेवा केन्द्रको साधारण सभा सम्पन्न

दमौली/शुक्रबार सामुदायिक सेवा केन्द्र एंव सामुदायिक प्रहरी सेवा केन्द्र व्यास १ करमकाठको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

प्रमुख अतिथि व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेले कार्यक्रमको उद्घाटनको गरेका थिए । उनले सामाजिक मेलमिलापको क्षेत्रमा सामुदायिक प्रहरी सेवा केन्द्रको मुमिकाको प्रशंसा गर्दै नगरपालिकाले केन्द्रको सकारात्मक गतिविधिमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले लागुपदार्थ दुव्यसन न्यनीकरणमा केन्द्रले सहयोग गरेको बताए ।

प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले समाजमा सद्भावनाका लागि केन्द्रको स्थापना गरिएको स्मरण गर्दै व्यास १ मा वडा प्रहरी कार्यालय स्थापनाका लागि सकरात्मक भएको बताए । केन्द्रका अध्यक्ष दुर्गाभक्त अधिकारीको अध्यक्षतामा सञ्चालित कार्यक्रममा व्यास १ का वडाअध्यक्ष खरसिं दरै, केन्द्रका संस्थापक अध्यक्ष गोविन्द पन्थ, तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाईका सभापति राजकुमार श्रेष्ठ ‘राकु’ लगायतले बोलेका थिए ।

कार्यक्रममा सचिव सूर्यभक्त खनालले संस्थागत प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष जौमाया रायमाझीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

Related posts

सन्दर्भ अन्तराष्ट्रिय महिला दिवस महिला कि म हेलाँ ?

admin

पत्रकारका पारिश्रमिकबारे अन्तरक्रिया

admin

२६औैं बर्षमा शान्ति युवा क्लब

admin