Tanahun Awaj
Uncategorized

चट्याङबाट बचौं, बचाऔं

गएको हप्ता व्यास नगरपालिकाले चट्याङबाट बच्ने उपाए बारे नागरिकलाई सचेतनामूलक गोष्ठी सञ्चालन ग¥यो । चैत बैशाखको महिना हुरी बतास चल्ने, आगलागि हुने र आकाश गड्याङ गुडुङ गर्ने महिना हो र यही समयमा चट्याङ पर्ने गर्दछ । चट्याङ पर्नबाट रोक्न त सकिन्न तर यसबाट हुने मानविय क्षतिलाई भने हामीले थोरै सावधानी अपनाउँदा कम गर्न सकिन्छ ।

चट्याङका कारण नेपालमा वर्षेनी ठूलो संख्यामा मानविय तथा भौतिक क्षति हुने गरेको छ । आमनागरिकमा चट्याङबाट बच्ने उपायहरुबारे जानकारी हुने हो भने यसबाट हुने क्षतिलाई कम गर्न सकिन्छ । तर हामी कहाँको अभ्यास भने ठिक उल्टो छ । जब विपत्ति आउँछ तब हामी उद्धारका कार्यक्रमहरु सञ्चालन गर्छाैं र सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्न थाल्छौं । व्यास नपाले यो परम्परालाई तोड्दै राम्रो सुरुवात गरेको छ । जुन स्वागत योग्य छ ।

अचानक गड्याङ गुडुङ ग¥यो र हामी घर बाहिर छौं भने केही सावधानी अपनाउँदा चट्याङबाट बच्न सकिन्छ । यदि हामी जङ्गलमा भए साना रुखहरुको ओत लागेर बस्नु उपयुक्त हुन्छ । यस्तो अवस्थामा ठूला र अग्ला रुखहरुको ओत लाग्नु हानीकारक हुन सक्छ । यसैगरी हाइ भोल्टेज तार भएको ठाउँमा छौं भने दुई खम्बाको बीचमा ओत लागेर बस्नु सुरक्षित हुन्छ । साथै खुल्ला मैदानमा भए दुई घुँडाबीच टाउको लुकाएर टुक्रुक्क बस्नु, पौडिने, माछा मार्ने, ¥याफ्टिङ गर्ने जस्ता काम नगर्ने वा गरिरहेको भए तुरुन्त बन्द गर्ने जस्ता कार्य गर्नु तुलनात्मक रुपमा सुरक्षित हुन्छ ।

घर भित्र भएमा झ्याल ढोका लगाएर बस्ने, ल्याण्डलाईन फोन प्रयोग नगर्ने, अत्यावश्यक भए मात्र मोबाइल फोेन प्रयोग गर्ने, मोबाइल लगाएतका विद्युतिय उपकरण सकेसम्म प्रयोग नगर्ने, ननुहाउने, नुहाउनै पर्ने भए बाल्टीमा पानी राखेर नुहाउने, केबुल तथा एन्टेनाका तारहरु छुटाउने, विद्युतिय सामग्रीका तारहरु प्लगबाट छुटाउने कार्य गर्नु हाम्रा लागि सुरक्षित हुन्छ ।

चट्याङको पूर्वानुमान गर्ने प्रविधि पनि हामीसंग छैन । त्यसैले क्षति भए पछि पछुताउनु भन्दा पहिले नै सावधानी अपनाउनु बुद्धिमानी हुन्छ । सामान्य साबधानी अपनाएर आफु बचौं र अरुलाई पनि चट्याङबाट हुने क्षतिबाट बचाऔं ।

Related posts

बन्दाबन्दी खुल्यो संक्रमण बढ्यो-सम्पादकीय

admin

पन्ध्र असार/आयातित चामल

admin

फरार प्रतिवादी दुई वर्षपछि पक्राउ

admin