Tanahun Awaj
Uncategorized

रानीगाउँमा स्वाइनफ्लु भ्रम

दमौली/व्यास नगरपालिकाले आइतबार एक विज्ञप्ती जारी गरी व्यास ११, रानीगाउँमा स्वाइनफ्लुको प्रकोप नफैलिएको भन्दै कसैलाई भ्रममा नपर्न आग्रह गरेको छ ।

शनिबार रानीगाउँका ६५ वर्षीय भोटुप्रसाद पौडेलको असमायिक निधन संगसंगै सोही ठाउँकी ६५ वर्षीय सरस्वती तिवारी समेत बिरामी परेपछि स्वाइनफ्लु फैलिएको आशंका गरिएको थियो ।

घटना पछि व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेको नेतृत्वमा प्रदेशसभा सदस्य दोवाटे वि.क., वडा नं. ११ का वडा अध्यक्ष निरबहादुर खड्का, दमौली अस्पतालका मेडिकल अधिकृत डा. कमल ढुंगाना र व्यास नगरपालिका स्वास्थ्य शाखा संयोजक हरिश्चन्द्र न्यौपाने सहितको टोलीले सम्बन्धित स्थानमा पुगी स्थलगत निरीक्षण तथा अनुसन्धान गरेपछि त्यस क्षेत्रमा स्वाइनफ्लुको प्रकोप नरहेको आमनगरवासीलाई विश्वस्त पारिएको थियो ।

नगरपालिकाले उक्त विज्ञप्तीमार्फत मौसम परिवर्तनको समय भएको हुनाले आफ्नो दैनिक आहार विहारमा ध्यान दिन, पानी उमालेर पिउन तथा मौसमी रुघाखोकी वा अन्य कुनै रोगहरु लागेमा तुरुन्त स्वास्थ्य संस्थामा गई परामर्श लिन सम्पूर्ण नगरवासीहरुलाई आग्रह गरेको छ ।

Related posts

राहत वितरण स्थगित

admin

विपद् व्यवस्थापनमा हामी सधै कच्चा किन ?

admin

तनहुँमा रुकुम घटनाकाे विराेध

admin