26.7 C
Damauli
October 26, 2026
Tanahun Awaj
Uncategorized

पत्रकार महासङ्घलाई क्यानको आर्थिक सहयोग

दमाैली/नेपाल पत्रकार महासंघ तनहुँ शाखाको निर्माणाधीन भवनका लागि कम्प्युटर एशोसिएसन महासंघ (क्यान) गण्डकी प्रदेशले आर्थिक सहयोग गरेको छ । क्यानले महासंघको भवनका लागि दश हजार पाँच रुपैयाँ सहयोग गरेको हो । आइतबार क्यान गण्डकी प्रदेशका अध्यक्ष चिन्तामणि बास्तोला, उपाध्यक्ष तुलसीराम पाण्डे, कास्की शाखा अध्यक्ष युवराज पौडेलले पत्रकार महासङ्घ तनहुँका अध्यक्ष ओमकार आचार्य र उपाध्यक्ष नारायण खड्कालाई चेकमार्फत उक्त रकम हस्तान्तरण प्रदान गरेका छन् । पत्रकार महासंघ सबैको साझा संस्था भएकोले भवन निर्माणमा सानो सहयोग गरिएको एशोसिएसनका प्रदेश उपाध्यक्ष तुलसीराम पाण्डेले बताए । पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्यले शाखाको भवन निर्माणका लागि विभिन्न सङ्घसंस्था एवं व्यक्तिहरुले सहयोग गरिरहेको जानकारी दिए ।

Related posts

निकृष्टताको हद पार गर्दै भारतीय मिडिया

admin

भीष्म पितामहको भूमिकामा देउवा

admin

तनहुँ जिल्लामा नेपाली कांग्रेस को विशेष भेला, कांग्रेसको समानान्तर समिति गठन गरिने।

admin