25 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

आँपमा देखिने ब्याक्टेरियल क्र्यान्कर

प्रशान्त लामिछाने

ब्याक्टेरियल क्र्यान्कर Xanthmonas campestris नामक जिवाणु ले लाग्ने गर्छ .यस रोग भारतमा पुनेमा  पहिलो पटक देखा परेको थियो . यो बिहार, कर्नाटक, महाराष्ट्र, तामिल नाडू, यूपी हुँदै नेपालको केही भागमा पनि देखा परेको पाईन्छ .

रोगका लक्षणहरू:

  • रोगले पात, पातको डाँठ, काण्ड र फलहरूमा आक्रमण गर्दछ।
  • पातमा कालो पानीले भिजेको अनियमित घावहरू(water soaked lesions) देखा पर्दछ  ।
  • फलमा १-५mm व्यास(diameter)भएको समतल दागहरू देखा पर्दछ र दागहरू बिस्तारै फलको सबै हिस्सामा फैलिन्छ। यदि फलमा गम्भीर संक्रमण देखापरे फल तस्बिरमा मा देखिए अनुसार आँफै फुट्छ र नस्ट गर्नु पर्ने हुन्छ।

यो रोग कसरी लाग्छ त ?

सुरुमा Xanthmonas campestris नामक जिवाणु माटो बाट जरा हुँदै stomata मार्फत  बिरुवाको पात सम्म पुग्छ । जब जिवाणुले माटो हुँदै  बिरुवालाई संक्रमण गर्छ तब जिवाणु बिरुवको पातमा आफ्नो जीवन चक्र सन्चालन गर्दछ । संक्रमण भएको कारीब ८ -९ महिना सम्म असर नदेखायी पनि जिवाणु पातमा बस्न सक्दछ। अनुकूल वातावरण मिल्ना साथ सुछ्म ब्याक्टेरिया पहिला पातमा आक्रमण गर्न थाल्छ र तेसपछी फलमा गर्दछ। चित्रमा देखिये जस्तै पातमा सानो सानो कालो दाग देखा पर्दछ . रोग लगेको केही समय पछी फल फुट्छ र नफुटे पनि खान अयोग्य हुन्छ। वर्षा ऋतुमा अत्यधिक पानीका कारण  र संक्रमित रोपण सामग्रीको माध्यमबाट नयाँ क्षेत्रमा रोग फैलिन्छ। 

रोग व्यवस्थापन:

  • सफा रोपण र कलमी सामग्री प्रयोग र प्रमाणित बिरुवा को उपयोग
  • बम्बई हरियो, फजली, जहांगीर र सुवर्णरेखा जस्ता आमका प्रजातिहरू प्रतिरोधी हुन्छन्(use of resistant varities)
  • २० दिनको अन्तरालमा स्ट्रेप्टोसाइक्लिन 200-300ppm  को दुई स्प्रेले  फल  संक्रमण घटाउँछ । फलहरूमा  २००ppm  Agrimycin-100 को डिपिंग प्रभावकारी हुन्छ ।

Related posts

कोभिड–१९ को स्थिति

admin

खचाखच कार्यकर्ता वीच जोशीको सम्बोधन

admin

कृषकलाई पशुपालन अभिमुखिकरण

admin