28.6 C
Damauli
October 8, 2026
Tanahun Awaj
Uncategorized

राहत रकम हस्तान्तरण

दमौली/तनहुँको भानु नगरपालिकाको विभिन्न क्षेत्रमा चितुवाको आक्रमणमा परि ज्यान गुमाएका बालबालिकाको आफन्तलाई राहत हस्तान्तरण गरिएको छ । भानु नगरपालिका २, ढल्केवरमा एक कार्याक्रमको बिच गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानद्वारा राहत रकम हस्तान्तरण गरिएको हो । २०७५ कात्तिक २८ गते चितुवाको आक्रमणमा परि भानु नपा ४ जोखानेकी ४ वर्षीया रञ्जिता लम्साल र मंसिर १५ गते ज्यान गुमाएका भानु २, ढल्केवरका १० वर्षीय अमृत गुरुङ्गको परिवारलाई जनही दश÷दश लाख रुपैयाँ राहतस्वरुप र२०७५ कात्तिक ७ गते भालुको आक्रमणबाट घाइते भएका भानु ११, खाल्टेका भीमबहादुर तमाङलाई उपचार खर्चस्वरुप ५६ हजार ८६१ रुपैयाँ हस्तान्तरण थियो ।

Related posts

हाम्रो चाहना विस्तारवाद युगको समाप्ती

admin

भालुको आक्रमणमा परि एक घाइते

admin

फरक धारको राजनीति आवश्यक

admin