20.1 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

मगर दिवसमा सार्वजनिक बिदा

दमौली/तनहुँको म्याग्दे गाउँपालिकाले मगर दिवसमा सार्वजनिक बिदा घोषणा गरेको छ ।
गाउँपालिका को हर्कपुरमा सम्पन्न गाउँसभाले यस्तो निर्णय गरेको हो । दिवस यही फागुन १५ गते
मनाइँदैछ ।
मगर बाहुल्य भएकाले ठूलो चाडमा बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष माया रानाले जानकारी दिइन् । गाउँपालिकाको बैठकले सर्वसम्मत रूपबाट बिदाको निर्णय गरेको उनले बताइन् ।
गाउँपालिकामा ३३ प्रतिशत भन्दा बढि मगर जातिको बसोबास रहेको छ । मगर दिवशकै अवसरमा गाउँपालिका स्तरिय मगर समितिले सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम गर्न लागेको छ । उक्त कार्यक्रम गाउँपालिका अध्यक्ष माया रानाको प्रमुख आथिथ्यतामा आयोजना हुँदैछ ।

Related posts

७० औं प्रजातन्त्र दिवस

admin

२०१९ को स्वागतमा महाउत्सव

admin

राष्ट्रिय र सिद्ध आविमा विव्यस गठन

admin