28.6 C
Damauli
October 8, 2026
Tanahun Awaj
Uncategorized

विपद् पूर्वतयारी तालिम सम्पन्न

दमौली/व्यास नगरपालिका र भकम्प प्रविधि राष्ट्रिय समाजको आयोजनामा व्यास नगरपालिकामा पाँच दिने समुदाय स्तरीय आपतकालिन पूर्व तयारी र प्रतिकार्य क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।

तालिम समापन कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले हाम्रा घरहरु नै धराप भएकाले विपद्का वेला बढी क्षती हुने गरेको उल्लेख गर्दै प्रशिक्षार्थीहरुलाई विपद् न्यूनीकरण र उद्धार कार्यमा निरन्तर लागिरहन आग्रह गरे । व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेको सभापतित्वमा सम्पन्न समापन समारोहमा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले विपद् पछिको उद्धारमा बालबालिका, जेष्ठ नागरिक, महिला र अपाङ्गता भएका व्यक्तिहरुलाई प्राथमिकतामा राख्न तालिममा सहभागीलाई आग्रह गरे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, भुकम्प प्रविधि राष्ट्रिय समाजका कार्यकारी निर्देशक लगायतले मन्तव्य राखेका थिए । व्यास नपा र म्याग्दे गाउँ पालिकाका गरी २८ जना सहभागी तालिममा सहभागीलाई जोखिम न्यूनीकरण, आपत्कालिन उद्धार लगायत विभिन्न चार विषयमा प्रशिक्षण दिइएको बताइएको छ ।

Related posts

क्यान्सरः जसलाई मैले नजिकबाट अनुभूत गरेको छु

admin

काँग्रेस नेता पौडेल र महत अभिव्यक्तिले सिर्जित तरंग

admin

न्याय क्षत्रमा शोक

admin