19.7 C
Damauli
October 27, 2026
Tanahun Awaj
Uncategorized

दुर्घटनामा तीन घाइते

दमौली/पृथ्वीराजमार्ग अन्तर्गत तनहँुको आँबुखैरेनीमा शुक्रबार बस दुर्घटनामा हुँदा ३ जना घाइते भएका छन् । डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको ना५प ५९०७ नम्बरको बस आँबुखैरनी गाउँपालिका २ मिलनचोकमा रोकिराखेको ना४ख ८९२७ ट्रकसँग ठेक्किदा बसमा सवार तीन जना घाइते भएका हुन् । घाइते हुनेमा पाल्पा, रामपुर १० का १९ वर्षीय गंगा बहादुर आले, काठमाडौं महानगरपालिका सामाखुसी बस्ने ४० वर्षीय शारदा आचार्य र स्याङ्जा जगतभझ्याङ ७ बस्ने ३७ वर्षीय कमल बहादुर थापा रहेका स्थानीय सञ्चारमाध्यमले जनाएको छ । घाइतेहरुको आबुखैरेनीस्थित छिम्केस्वरी अस्पतालमा उपचार भइरहेको छ ।

Related posts

अनसन चौतारीमा निःशुल्क वाईफाई

admin

पत्रकार रानामाथि दुरव्यवहार

admin

पहिलो शुक्लागण्डकी महोत्सव सुरु

admin