30.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

समृद्ध नेपाल निर्माणका लागि बाल अधिकार सूनिश्चित गरौं

शीर्षकमा भनिए जस्तै “सूनिश्चित बाल अधिकार, समृद्ध नेपालको आधार” भन्ने नारका साथ हिजो नेपालमा अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइयो । आज भन्दा ठिक ३० वर्ष अगाडि हिजोकै दिन संयुक्त राष्ट्र संघबाट बाल अधिकार सम्बन्धी महासन्धी पारित भएको थियो । त्यसैले संसार भरका बालबालिकाका लागि नोभेम्बर २० तरिख महत्वको दिन हो । किनभने यहि दिन संसारका बालबालिकाको अधिकार सूनिश्चित गर्ने गरी संसारका देशहरुले प्रतिवद्धता गर्दै हस्ताक्षर गरेको दिन । बालबचाऊ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता गरी चार स्तम्भमा विभाजित बाल अधिकार प्रदान गर्न पक्ष राष्ट्र भएका नाताले हरेक राज्य जिम्मेबार भएर लाग्नु पर्छ । र नेपालबाट पनि हामीले अपेक्षा गर्ने यही हो ।

वास्तवमा बाल अधिकार भनेको बाल बालिकाले स्वस्थ्य भएर बाँच्न पाउनु, सर्वाङ्गिण विकास गर्न पाउनु, खुसी हुन पाउनु, नभई नहुने न्यूनतम आवश्यकताहरु पूरा गर्न पाउनु हो । अभिभावक र राज्यले बालबालिकाले ति अधिकार निर्वाध उपभोग गर्ने वातवरण निर्माण गर्नुपर्छ । बालबालिका माथि भनिएका अधिकार सुरक्षित हुन सक्दा मात्र देशले भविष्यका लागि असल र सक्षम नागरिक प्राप्त गर्नसक्छ । र हामीले देखेको समृद्धि सपनाले आकार ग्रहण गर्नसक्छ ।

बालबालिकालाई कस्तो बनाउने भन्ने कुरा बाबु आमाको हातमा हुन्छ, धेरै हदसम्म । त्यसैले हरेक आमा बाबुले आफ्ना बच्चाका कुरा सुन्नु र उनीहरुका दैनन्दिनीबारे जानकारी राख्नु जरुरी छ । खुलेर सपना देख्नेर त्यो सपनालाई आकारमा ढाल्ने ल्याकत राख्ने बालबालिका बनाउन हामीले उनीहरुलाई कुनै किसिमको हानीबाट सुरक्षित तुल्याउनु छ । प्रत्येक बालबालिकालाई विद्यालय पु¥याउनु छ । अनिमात्र हामीले उनीहरुका लागि सुन्दर संसार निर्माण गरेको ठहर्छ । शीर्षकमा भनिए झै नेपाललाई समृद्ध बनाउने हो भने हामीले बालबालिकाको अधिकार सूनिश्चित गर्नैपर्छ र यसका लागि राज्य र हामी अभिभावक दुबैको संयुक्त प्रयास जरुरी हुन्छ ।

Related posts

तमु ल्होछार ( ल्होसार ) पर्वको महत्व

admin

रक्तदाता दिवसमा रक्तदान

admin

भानुमा विश्व एकल महिला दिवस मनाइयो

admin