Tanahun Awaj
Uncategorized

सम्मान प्रोत्साहनको साथ बार्षिकोत्सव

बाबुराम खनाल
सम्जुर/जनसहयोगी माध्यमिक विद्यालयले आफ्नो ५७ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्मान, प्रोत्साहनका साथ भब्य रुपमा पुस १४ गते सम्पन्न गरेको छ । बार्षिकोत्सवका प्रमुखअतिथि भानु नगरपालिकाका नगरप्रमुख उदयराज गौलीले मुलुकलाई व्यहारिक शिक्षा, रोजगारमूलक शिक्षाको आवश्यकता परेको बताउनु भयो । विशिष्ट अतिथि आदिकवि भानुभक्त बहुमुखी क्याम्पसका प्रमुख महाप्रसाद हड्खलेले जीवनोपयोगी शिक्षामा जोड दिनुभएको थियो ।

बार्षिकोत्सवमा पूर्णसिता गरदी अक्षय कोषबाट जनसहयोगी विद्यालयलाई निम्नमाध्यमिक, माध्यमिक तहमा स्तरोन्नती गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेका विद्यालय व्यवस्थापन समितिका तत्कालिन अध्यक्ष अब्दुल रहिम मिया, प्रधानाध्यापक बाबुराम खनाललाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । त्यसैगरी पूर्णबहादुर बानियाँ अक्षयकोषबाट विद्यालयका चार जनाजेहेन्दार छात्रछात्राहरु आइसा खातुन, विपना बस्नेत, नीता बानिया, विशाल अधिकारीलाई प्रोत्साहन नगद पुरस्कार प्रदान गरिएको थियो ।

बार्षिकोत्सवमा सगरमाथा इन्सुरेन्स कम्पनीका निर्देशक चंकी कुबँरले स्व. पिता हर्कबहादुर कुवँरको स्मृतिमा २०७४ सालको एस इ इ परीक्षामा सर्वाधिक ग्रेड बीप्लस ल्याएका सूरज थापालाई ११ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । यो कार्यलाई प्रत्येक बार्षिकोत्सवमा निरन्तरता दिने निर्देशक कुबँरले प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।

Related posts

साहित्यप्रतिको रुचि

admin

मंसिरमा मध्यावधी हुन सक्दछ – के. सदस्य भण्डारी

admin

राजनीति र अर्थव्यवस्था एक सन्दर्भ

admin