22.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

घाँसीकुवा उपशाखाको साधारण सभा

देउराली/नेपाल रेडक्रस सोसाईटी घाँसीकुवा उपशाखाको २२औं साधारण सभा शनिबार सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाका उपसभापति ऋषिराम पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो साधारण सभामा १४ जना आजिवन सदस्यहरुलाई प्रमाण पत्र हस्तान्तरण गरिएको थियो । साधारण सभालाइ व्यास नगरपालिका वडा नं. का वडाध्यक्ष तोत्रबहादुर कुवँर, सदस्य मिना पन्थ, पूर्व सभापति रुद्रनिधि नैनावस्ती, आजिवन सदस्यहरु तुलक कैनी, इन्कन खनाल, मधु पण्डित लगायतले उपशाखाको साधारण सभालाई सम्बोधन गरेका थिए । साधारण सभामा बोल्ने वक्ताहरुले उपशाखाले पहल गरेमा उपशाखाको लागि जग्गा उपलब्ध हुन सक्ने सुझाव दिएका थिए ।

उपशाखाका सभापति दुर्गानिधी लोहोनीको सभापतित्वमा भएको साधरण सभामा उपस्थिति अतिथिहरु समेतलाई उपशाखाका विशिष्ट सदस्य रामराज न्यौपानेले धन्यवाद ज्ञापन गरेका थिए । उपभासपति विजय खनालले स्वागत गत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव गणेश लोहोनीले गरेका थिए ।

Related posts

सिमसार र पानीः सुखी बनाउ“छ हाम्रो जिन्दगानी

admin

कार्यक्षेत्रमा लैङ्गिक हिंसाको अन्त्य आवश्यक

admin

आश्रीतको हक सर्वस्व गर्नु वेमनासिव

admin