Tanahun Awaj
Uncategorized

आगलागीबाट एकको मृत्यु

दमौली/म्याग्दे गाउँपालिका–२, जामुने निवासी ३८ वर्षीय लिला रामदामको आगलागीबाट मृत्यु भएको छ । आगो निभाउने क्रममा उनका श्रीमान मुक्ति रामदाम घाइते भएका छन् । उनीहरु दुबैलार्ई गण्डकी मेडिकल कलेजमा पोखरामा उपचारको लागि पु¥याइएको थियो । सोमबार श्रीमति रामदामको उपचारको क्रममा मृत्यु भएको थियो । घर आउन ढिलो भएको विषयमा आइतबार राति श्रीमान्सँग सामान्य झगडा भएपछि आगो लगाउने घुर्की देखाउने क्रममा आफैंलाई आगो लगाएको घटनाको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यलय तनहँुका प्रहरी नायब निरीक्षक मनोज पाण्डेले जानकारी दिएका छन् ।

Related posts

महेन्द्रोदय माविको पूरानो भवन

admin

तीन सडकका लागि पचहत्तर करोड

admin

वन्दावन्दीलाई व्यवस्थित गर्ने मापदण्ड

admin