23.6 C
Damauli
September 21, 2026
Tanahun Awaj
Uncategorized

ऋषिङमा निःशुल्क स्वास्थ्य शिविर हुने

ऋषिङ/लायन्स क्लब अफ पोखरा ग्रीन टाउनको आयोजनामा ऋषिङमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । मंसिर १५ गते सञ्चालन हुने एक दिने स्वास्थ्य शिविर ऋषिङ गाउँपालिकाको संयोजनमा सञ्चालन हुने गाउँपालिकाले जनाएकोअ छ । स्थानीय शिवसरस्वती माविको प्राङ्गणमा सम्पन्न हुने शिविरमा भिडियो एक्स रे, इसिजी, स्त्री तथा प्रसुती रोग, बालरोग, हाड जोर्नी तथा नशा रोग, नाक–कान तथा घाँटी रोगको परिक्षण, मधुमेह परिक्षण, निःशुल्क ल्याब टेष्ट तथा निःशुल्क औषधी वितरण गरिने जनाइएको छ ।

फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टर प्राली तथा एडिथ कोवेन युनिभर्सिटी अष्ट्रलियाको प्राविधिक सहयोगमा सम्पन्न गर्न लगिएको शिविरबाट स्थानीयले लाभ लिने विश्वास गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको रहेको छ । श्रेष्ठले गाउँ पालिकाको स्वास्थ्य समितिले शिविर सञ्चालनको कार्य पूर्ण गर्ने उल्लेख गर्दै सबैलाई शिविरमा उपस्थित भई आफ्नो स्वास्थ्य परिक्षण गराउन आग्रह गरे । शिविरमा चार सय सेवा ग्राहीले सेवा लिने विश्वास गाउँपालिकाले लिएको छ ।

Related posts

निरन्तर ४२औं दिनसम्म खाना, खाजा सहयोग

admin

ई फर इलाफेन्ट कि एलिफन्ट ?

admin

राष्ट्रिय सभा उपनिर्वाचन आज

admin