Tanahun Awaj
Uncategorized

रोटरीको स्वास्थ्य शिविर

दमौली/तनहुँको आँबुखैरेनी गाउपालिका –६ हिलेखर्कमा रोटरी क्लबले स्वास्थ्य शिविर सञ्चालन गरको छ । आँबुखैरेनी गाउँपालिकाको सह आयोजना र मणिपाल शिक्षण अस्पताल पोखराको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा ३ सय २७ जना स्वास्थ्य परिक्षणमा सहभागी भएका थिए । दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालित शिविरमा नाक, कान, घाँटी तथा थाइराइड रोग विशेषज्ञबाट उपचार तथा परामर्श, स्त्री तथा प्रसुती रोग विशेषज्ञबाट चेकजाँच, बालरोग विशेषज्ञबाट सम्बन्धित रोगको उपचार, सामान्य चिकित्सकबाट पेट, छाती तथा मुटु रोगको परीक्षण गरि निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।

Related posts

अब दमौलीमै फुटसल

admin

महोत्सव सबैका लागि महाउत्सव बनोस्

admin

उजाडिएका बालापनका सपनाहरु

admin