22.9 C
Damauli
October 8, 2026
Tanahun Awaj
साहित्य

बिदेशी जेलमा परेको नेपाली दाजुको वेदनाः

गीत

धन कमाउन भनी मत विदेशमा आएँ
जीवनमा नपा दुःख आज मैले पाएँ ।
बाबु आमा पाल्छु भन्ने कत्रो थियो आस
दैवलेनी पा¥यो मलाई जेल भित्रको वास ।
झर्छ आँसु दिन रात पानी बग्या सरी
यो जीवनमा अब मैले बाँचुँकसो गरी ।
(कती खप्ने जेल भित्र बसेर, मर्छु बरु छुरी नै धसेर )
कहिले सम्झन्छु आफ्नो गाउँ,
कहिले सम्झन्छु साथी ।
कस्तो दशा आइप¥यो अहिले म माथी
सम्झी ल्याउँदा चिरिन्छ यो छाती ।
उद्धार गर्ने कोही छन् की म माथी
जेलमा बसी बाबु आमा सम्झन्छु झल्झली ।
सम्झी ल्याउँदा आत्मा जल्छ पसिना खलखली
छोराको कमाइ खाउँला भन्ने ंबाबु आमाको आस
जेल भित्र म¥याँ भने घरमा आउँछ लास
(अब मेरो नपर्नु भरमा म मरेनी भाइछ घरमा)
दाजुभाई नआउनु विदेशमा, आँटो खाई बस्नुस है स्वदेशमा

महाप्रसाद न्यौपाने
भानु नपा. –५, सेपाबगैचा

Related posts

कविता-विद्या धन

admin

हाम्राे नेपाल,स्वतन्त्र नेपाल

admin

बन्दाबन्दी

admin