Tanahun Awaj
Uncategorized

पोखरीछापमा महिला दिवस

भानु/भानु नगरपालिका वडा नं. १३ को पोखरीछापमा २८औं अन्तराष्टिूय ग्रामिण महिला दिवस सम्पन्न भएको छ । प्रमुख अतिथि गण्डकी प्रदेशकी सांसद सरीता गुरुङ्गले कार्यक्रमलाई सम्बोधन गर्दै भन्नु भयो, ‘महिलाहरुको हक अधिकार संरक्षण गर्न, अन्यायमा परेका महिलालाई न्याय दिलाउन मेरो क्षमताले भ्याए सम्म समर्पित रहनुछु ।’ त्यसै गरी जिल्ला समन्वय समिति तनहूँको उपप्रमुख पवित्रा पौडेलले महिलाको दैनिकी सुरक्षा गर्न सरकार उदासिन रहेको बताउनु भयो ।

भानु नगरपालिकाकी उपमेयर आशा थापाले दैनिक रुपमा महिला हिंसाको घटना घटेको अवस्था निराशाजनक रहेको धारणा राख्नु भयो । भानु नगरपालिका वडा नं. १३ का वडाध्यक्ष रामबहादुर बानीया, मुस्लिम संघ केन्द्रिय उपाध्यक्ष हाजिरफिक मिया, व्यास नगरपालिका कार्यपालिका सदस्य कल्पना पोख्रेल, स्थानीय शिक्षक बाबुराम खनाल लगायतले सम्बोधन गर्नु भएको थियो ।

सञ्जालकी संयोजक सीता पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा अनिता गुरुङ्गले स्वागत गर्नु भएको थियो भने सल्लाहकार नन्दकुमारी गुरुङ्गले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

Related posts

सचेतता अपनाउन प्रशासनको आग्रह

admin

पौडेलद्वारा पुल उद्घाटन

admin

वर्तमान नेपालको अन्यौलग्रस्त राजनीति

admin