22.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

भोलीबाट आदिवासी जनजाती महोत्सव

दमौली/“अमूल्य भाषा, संस्कृतिको संरक्षण गरौं । भाषा , संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौं ।”भन्ने मुल नाराका साथ नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषदको आयोजनामा हुने तेस्रो आदिवासी जनजाती महोत्सव भोली सुरु हुदै छ ।

महोत्सवको उद्घाटन सभामुख कृष्णबहादुर महराले गर्ने महोत्सव मूल समारोह समितिकी संयोजक बसुन्धरा घर्तीले बताईन । संयोजक घर्तीका अनुसार महोत्सवको तयारी बुधबार सांझ सम्ममा ९५ प्रतिशत पुरा भै सकेको छ । कार्तिक ३० देखि मंसिर १० गते सम्म ११ दिन चल्ने महोत्सवमा दुईसय पचास स्टल रहने छन् । महोत्सवको अवसर पारेर बुधबार देखि नै व्याडमिण्टन प्रतियोगिता आयोजना गरिएको छ भने कराँते प्रतियोगिता समेत आयोजना गरिने जनाइएको छ ।

महोत्सवका अवसरमा मौलिक कौरा तथा लोक दोहोरी प्रतियोगिता आयोजना हुने साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरु बाट विभिन्न मनोरञ्जनात्मक कार्यक्रम समेत प्रस्तुत हुने संयोजक घर्तीले जानकारी दिईन । महोत्सवलाई थप व्यवस्थित बनाइने बताउँदै उनले महोत्सव सफलता पूर्वक सम्पन्न गर्न सबैको सहयोग रहने र महोत्सवको एकलाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको समेत बताईन ।

Related posts

दशीप्रमाणको उपभोग्य सुरक्षण

admin

नेकपा तनहुँले पायो इन्चार्ज तथा सह–इन्चार्ज

admin

बाटोको दुरावस्थाले विद्यार्थी फर्कायो

admin