24.5 C
Damauli
September 18, 2026
Tanahun Awaj
Uncategorized

सत्यवतीमा वलिका दिवस मनाइयो

दमौली/वलिका दिवसको अवसरमा सत्यवती मावि दमौलीमा विविध कार्यक्रमको आयोजना गरीएको छ ।

रुम टु रिडको सहयोगमा विद्यालयको कक्षा ५ , ६ र ७ मा अध्ययनरत विद्यार्थीहरु बिच बालिका शिक्षा तथा रजस्वला शिर्षकमा वक्तृत्वकला प्रतियोगिता, चित्रकला प्रतियोगिता तथा Musical Chair प्रतियोगिताको आयोजना गरिएको हो । सञ्चालित विभिन्न प्रतियोगिताहरुमा बक्तृत्वकलामा आँचल सिग्देल र प्रकृती भण्डारी, चित्रकलामा सन्देश रानाभाट तथा Musical Chair मा सिर्जना थापाले प्रथम स्थान प्राप्त गरेका थिए ।

प्रतियोगिताका विजेता विद्यार्थीलाई सत्यवतीका विव्यस अध्यक्ष सूर्य अधिकारीले पुरस्कार वितरण गरेका थिए । उक्त अवसरमा सत्यवतीका प्रधानाध्यापक इन्द्रप्रसाद पौडेल, शिअसंघ अध्यक्ष रामचन्द्र सापकोटा, रुम टु रिडका समुदाय परिचालक लक्ष्मी नेपाल, शिक्षक सोविता कर्मचार्य लगायतको सहभागिता रहेको थियो ।

Related posts

निर्वाध फक्रन दिउँ, कोपिलालाई

admin

मंगलादेवी स्मृति दिवस-महिला प्रतिनिधित्व खोज्दै कांग्रेस

admin

आदिकविमा अन्तरक्रिया सम्पन्न

admin