
“मानिस कमाएर धनी हुने होइन, ऊ त बचाएर धनी हुने हो ।” अर्थशास्त्रको यो एउटा सामान्य देखिने वाक्यभित्र पूँजी निर्माण र समृद्धिको ठूलो रहस्य लुकेको छ । धनी हुनु भनेको केबल टन्न पैसा कमाउनु मात्र होइन, बरु आर्जन गरिएको धनलाई वचत गरी त्यसलाई उत्पादनमूलक पूँजीमा रूपान्तरण गर्नु हो । यही सरल सत्यलाई आत्मसात् गर्न नसक्दा आज पनि संसारको ठूलो हिस्सा गरिबीको चक्रमा फसेको छ ।
आर्थिक विकासको पहिलो खुड्किलो वचत हो । तर, वचत केबल अङ्कको खेल मात्र होइन, यो एक जीवन पद्धति र व्यवहार पनि हो । यसलाई बुझ्न अठारौं शताब्दीको अन्त्यतिरको तिब्बतको एउटा रोचक ऐतिहासिक प्रसङ्ग प्रस्ततु गर्नु सान्दर्भिक हुन्छ ।
विनोद चौधरीका पुर्खाहरू रित्तो हात नेपाल आएर पनि विश्व धनाढ्यको सूचीमा पर्न सक्नुको पछाडि उनीहरूको कर्मप्रतिको विश्वास र वचतको संस्कृति नै थियो । गरिब र श्रमिकको पहुँच बैंकको ऋणसम्म पुग्नुपर्छ । गाउँका साहुको चर्को ब्याजबाट मुक्त गराई उनीहरूलाई उद्यमशील बन्ने वातावरण राज्यले मिलाउनुपर्छ ।
तिब्बतका बौद्धमार्गी राजा मुने चेन्पो आफ्ना प्रजाको दुःख देख्न सक्दैनथे । उनले गरिबी अन्त्य गर्ने उद्देश्यले राज्यभरिको धन जम्मा पारेर सबै नागरिकलाई बराबर बाँडिदिए । केही समयका लागि त धनी र गरिबबीचको खाडल मेटियो, तर त्यो धेरै टिकेन । केही समयमै मानिसहरू फेरि पहिलाकै अवस्थामा फर्किए । राजाले दोस्रो पटक पनि त्यस्तै प्रयास गरे, तर परिणाम उस्तै निस्कियो ।
यसको सन्देश प्रस्ट छः कसैलाई धन दिएर मात्र ऊ धनी हुँदैन । मानिसको विचार, कार्यशैली र आर्जन गरेको धनलाई परिचालन गर्ने क्षमताले नै उसको आर्थिक भविष्य निर्धारण गर्दछ । पाँच औंला बराबर नभए जस्तै मानिसका बानी–व्यवहार पनि फरक हुन्छन् । कोही ‘दिनभर कमायो, रातभर रमायो’ भन्ने प्रकृतिका हुन्छन् भने कोही सानो कमाइबाट पनि वचत गरेर त्यसलाई लगानीमा बदल्न खोज्छन् ।
कोही मानिस किन गरिब हुन्छ ? यो प्रश्नको उत्तर खोज्न हाम्रो समाजलाई चिहाउनु पर्छ । हाम्रो समाजमा गरिबीका पात्रहरूलाई हेर्दा मुलतः दुई प्रकारका प्रवृत्ति देखिन्छन् ।
मानिसलाई अभाव र गरिबीको जन्जिरबाट मुक्त गर्न केबल नाराले पुग्दैन । श्रमिकको श्रमको सम्मान, वचत गर्ने संस्कृतिको विकास र राज्यको न्यायपूर्ण वितरण प्रणाली नै समृद्धिका आधार स्तम्भ हुन् । “खाए मकै नखाए भोकै” भन्ने अवस्थाको अन्त्य गर्दै सबै नेपाली श्रमिकहरूलाई मर्यादित जीवन जिउने वातावरण बनाउनु हामी सबैको साझा दायित्व हो ।
एउटा वर्ग छ, जो दिनभर पसिना बगाउँछन् तर साँझ परेपछि आर्जन गरेको ठूलो हिस्सा कुलत (जस्तै रक्सी, जुवा) मा खर्च गर्छन् । उनीहरूमा वचत गरेर छोराछोरीको शिक्षा वा स्वास्थ्यमा लगानी गर्ने चेतनाको अभाव देखिन्छ । वचतको परिचालन मार्फत पूँजी निर्माण गर्ने सोच नहुँदा उनीहरू वर्षौंदेखि ‘हुँदाखाने’ श्रेणीमै सीमित छन् ।अनि अर्काे वर्ग जोसँग काम गर्ने जाँगर छैन तर ठूला कुरा मात्र गर्छन् । उनीहरू सानातिना काममा हात हाल्न हिचकिचाउँछन् र आफ्नो समय तास खेलेर वा चौतारो र चिया पसलमा दिनभर गफिएर बिताउँछन् । वचत र उत्पादनमा वृद्धि गर्ने आकांक्षा नै नभएका यस्ता व्यक्तिहरू सधैं अभावको भुमरीमा परिरहन्छन् ।
कहिले काहीँ मानिस गरिब रहिरहनुमा माथि भनिएका दुबै कारण हुँदैनन् । गरिबीको अर्को कारण देखापर्छ । त्यो हो, पारिवारिक विरासत र अवसरको अभाव । कतिपय मानिसहरू पारिवारिक पृष्ठभूमिका कारण राम्रो शिक्षा र स्वास्थ्य सुविधाबाट वञ्चित हुन्छन्, जसले गर्दा उनीहरूको कमाइको स्रोत सधैं खुम्चिएको हुन्छ । फलस्वरुप उनीहरु सधै गरिब नै रहन्छन् ।
भोली मनाउन लागिएको अन्तर्राष्ट्रिय श्रमिक दिवसको सन्दर्भमा कुरा गर्दा, श्रमिक भन्नाले केबल भारी बोक्ने वा इँटा भट्टामा काम गर्ने मजदूर मात्र बुझिनु हुँदैन । वृहत् अर्थमा, आफ्नो शारीरिक वा मानसिक श्रम बेचेर ज्याला वा पारिश्रमिक लिने शिक्षक, प्राध्यापक, कर्मचारी, पत्रकार र कलाकार सबै श्रमिक हुन् ।
विडम्बनाको कुरा के छ भने, विश्वमा श्रमिक दिवस मनाउन थालेको झण्डै डेढ शताब्दी पुग्दा पनि श्रमिकको जीवनस्तरमा आशातीत सुधार आउन सकेको छैन । तथ्याङ्कले भन्छ— विश्वको १० प्रतिशत धनी वर्गसँग ९० प्रतिशत भन्दा बढी सम्पत्ति थुप्रिएको छ भने ९० प्रतिशत गरिब जनतासँग १० प्रतिशत सम्पत्ति पनि छैन । र धनी र गरिबबीचनको असमानताको खाडल अझ फराकिलो हुँदै गएको छ । यस्तो असमानतामा लोकतन्त्र र सामाजिक न्यायको नारा केबल नारामा सीमित हुन पुग्छ ।
त्यसो भए देशले समुन्नति कसरी हासिल गर्ने त ? जसरी शिक्षामा सुधारका लागि अभिभावक, शिक्षक र विद्यार्थी गरीको ओदान अवधारणको परिकल्पना गरिएको छ । ठिक त्यसरी नै आर्थिक समुन्नतिको लागि पनि ओदान अवधारणा आवश्यक छ । त्यो ओदानका तीन खुट्टा हुुनेछन्, सरकार, उद्योगपति र श्रमिक । कुनै पनि राष्ट्रको सभ्यता र विकासमा यि तीनवटा शक्तिको अहम् भूमिका हुन्छ ।
उचित नीति–नियम बनाउने, सुशासन दिने र श्रमिकका लागि सामाजिक सुरक्षाको ग्यारेन्टी गर्ने काम सरकारको हो । वर्तमान विश्वका लोककल्याणकारी राज्यहरु यता तर्फ लाग्नु जरुरी छ । उद्योगधन्दा स्थापना गर्ने र उत्पादनलाई व्यवस्थित गर्दै रोजगारी सिर्जना गर्ने भूमिकामा उद्योगपति वा लगानीकर्ता हुनेछन् । यसैगरी आफ्नो पसिना र सीप प्रयोग गरेर उत्पादन प्रक्रियालाई इमान्दार पूर्वक मूर्त रूप दिने काम श्रमिकले गर्नुपर्ने छ ।
जबसम्म श्रमिकको श्रमलाई वस्तुभाउ सरह उपभोग गरिन्छ र उनीहरूको सम्मान गरिँदैन, तबसम्म समृद्धि सम्भव छैन । सरकारले लागू गरेको सामाजिक सुरक्षा योजना जस्ता कार्यक्रमहरूलाई सफलतापूर्वक कार्यान्वयन गर्नु आजको अनिवार्य आवश्यकता हो । आम श्रमिकलाई हुँदाखानेबाट हुनेखाने वर्गमा उकाल्ने
कसरी ? हुँदा खानेबाट हुने खानेमा उक्लिन कठिन छैन, तर यसका लागि दुईवटा कुराको तालमेल आवश्यक छ ।
पहिलो हो, श्रमिक वर्गले मितव्ययी बन्ने, सरसफाइ र शिक्षामा ध्यान दिने, कुलत त्याग्ने र सामाजिक पर्वहरूमा हुने फजुल खर्च कम गर्ने बानी बसाल्ने । विनोद चौधरीका पुर्खाहरू रित्तो हात नेपाल आएर पनि विश्व धनाढ्यको सूचीमा पर्न सक्नुको पछाडि उनीहरूको कर्मप्रतिको विश्वास र वचतको संस्कृति नै थियो । गरिब र श्रमिकको पहुँच बैंकको ऋणसम्म पुग्नुपर्छ । गाउँका साहुको चर्को ब्याजबाट मुक्त गराई उनीहरूलाई उद्यमशील बन्ने वातावरण राज्यले मिलाउनुपर्छ ।
मानिसलाई अभाव र गरिबीको जन्जिरबाट मुक्त गर्न केबल नाराले पुग्दैन । श्रमिकको श्रमको सम्मान, वचत गर्ने संस्कृतिको विकास र राज्यको न्यायपूर्ण वितरण प्रणाली नै समृद्धिका आधार स्तम्भ हुन् । “खाए मकै नखाए भोकै” भन्ने अवस्थाको अन्त्य गर्दै सबै नेपाली श्रमिकहरूलाई मर्यादित जीवन जिउने वातावरण बनाउनु हामी सबैको साझा दायित्व हो ।
