31.2 C
Damauli
September 28, 2026
Tanahun Awaj
Uncategorized

१५ लाख लागतमा ब्रह्माकुमारी भवन निर्माण

दमौली/शुक्लागण्डकी नगरपालिका ९, साँखर घारीमा ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र दुलैगौंडाद्वारा सञ्चालित ब्रह्माकुमारी पाठशाला भवन निर्माण सम्पन्न भएको छ । करिब १५ लाख लागतमा भवन निर्माण गरिएको हो ।

भवनको आइतबार एक सामारोहबिच प्रमुखअतिथी वडा अध्यक्ष लोकनारायण श्रेष्ठले उद्घाटन गरेका हुन् । हाल मानवलाई सदमार्गतिर लैजाने खालको शिक्षा आवश्यकता भएको भन्दै श्रेष्ठले यस्ता प्रकारका पाठशालाको माध्यमबाट स्वस्थ समाजको निर्माण गर्न सकिने बताए । ब्रह्माकुमारी दुलेगौडा खाकी संचालिका ब्रह्माकुमारी रश्मीको सभापतित्वमा आयोजित समारोहमा राजयोग केन्द्र नेपालका निर्देशक राजयोगिनी परिनीता दिदी, राजयोगी शैलेषराज बराल, ब्रह्माकुमारी यमुना, विमला, संगिता, राजयोग प्रशिक्षक ब्रह्माकुमार राजु खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Related posts

बढ्यो सगरमाथाको उचाई

admin

नवज्योतिले बनायो सामुदायिक भवन

admin

बिकासको सूनिश्चित मार्ग के हो ?

admin