Tanahun Awaj
समाचार

हुलाकलाई पत्रकार महासंघ तनहुँको आग्रह

दमौली/नेपाल पत्रकार महासंघ तनहुँ शाखाले संशोधित कार्यविधि खारेज नभएसम्म लोककल्याणकारी विज्ञापन बापतको बिल नबुझ्न जिल्ला हुलाक कार्यालय तनहुँलाई एक ज्ञापन पत्र बुझाउँदै आग्रह गरेको हो ।

शाखाका अध्यक्ष धनपति अधिकारीको नेतृत्वमा सोमबार जिल्ला हुलाक कार्यालय तनहुँलाई ज्ञापनपत्र बझाइएको हो ।
सरकारले आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत लोककल्याणकारी विज्ञापनको रकम वृद्धि गर्ने व्यवस्था गरे पनि त्यससँग बाझिने गरी कार्यविधि संशोधन गरिएको महासंघको भनाइ छ । संशोधित कार्यविधिका कारण छापामाध्यमले प्राप्त गर्दै आएको लोककल्याणकारी विज्ञापन बापतको मासिक रकममा भारी कटौती हुने भन्दै महासंघले असहमति जनाएको छ ।
नेपाल पत्रकार महासंघले संशोधित कार्यविधि खारेज गर्न निरन्तर माग गर्दै आए पनि विज्ञापन बोर्डले महासंघको आग्रहलाई बेवास्ता गर्दै लोककल्याणकारी विज्ञापन बापतको बिल बुझ्ने कार्य अघि बढाएको भन्दै असहमति जनाउँदै शाखाले तनहुँको बिल संकलन गर्ने निकाय जिल्ला हुलाक तनहुँलाई संशोधित कार्यविधि खारेज नभएसम्म लोककल्याणकारी विज्ञापन बापतको बील नबुझिदिन आग्रह गरेको हो ।
संशोधित कार्यविधि खारेज गरी सञ्चारमाध्यमलाई पूर्ववत् रूपमा लोककल्याणकारी विज्ञापनको सुविधा उपलब्ध गराउन दबाब दिने उद्देश्यले महासंघले विरोधका कार्यक्रम अघि बढाउने जनाएको छ ।

Related posts

आज हरिबोधिनी एकादशी

admin

बाढी पिडितलाई छाब्दी प्रवेशद्वारको सहयोेग

Tanahun Awajweekly

म्याग्देमा आँखा शिविर

admin