शुक्रबार नेपालमा हालसम्मकै सबैभन्दा धेरै एक हजार ३५९ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वार गौतमका अनुसार शुक्रबार ४६४ महिला र ८९५ पुरुष गरी एक हजार ३५९ संक्रमित थपिएका हुन् । यसैगरी शुक्रबार संक्रमण मुक्त हुनेको संख्या एक हजार ३५४ रहेको छ, जुन हाल सम्मको सबैभन्दा धेरै हो । शुक्रबार नै १४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । अब संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ भने संक्रमण मुक्त भई घर फर्कनेको संख्या २५ हजार ५६१ पुगको छ । यसैगरी मृत्यु हुनेको संख्या २७१ भएको छ ।
काठमाण्डौ उपत्यकामा शुक्रबार ४५४ संक्रमित थपिएका छन् । जस मध्ये काठमाण्डौमा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ५६ रहेका छन् । यसैगरी शुक्रबार तनहुँमा १२ संक्रमित थपिएका छन् । पछिल्लो तथ्याङ्क अनुसार कोरोना संक्रमितको संख्या पाँचसय भन्दा बढी भएका जिल्ला १२ छन् भने संक्रमण सून्य भएका जिल्ला ६ वटा रहेका छन् । शुक्रबारसम्ममा सात लाख ३१ हजार ८५२ जनाको पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ । उक्त दिन मात्र १३ हजार ६८० जनाको पिसिआर परिक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ ।
विश्वमा कोरोना संक्रमणका कारण हालसम्म आठ लाख ६९ हजार ७६ जनाले ज्यान गुमाइ सकेका छन् । यो संख्या कुल संक्रमितको ३. ३ प्रतिशत हो । यसैगरी नेपालमा कुल संक्रमित मध्ये ०.६१ प्रतिशतले ज्यान गुमाएका छन् । ५७.७८ प्रतिशत संक्रमण मुक्त भएका छन् भने ४१.६० प्रतिशत सक्रिय संक्रमित रहेका छन् । शुक्रबार आइसोलेसनमा रहनेको संख्या १८ हजार ४१३ तथा क्वारेन्टीनमा रहनेको संख्या छ हजार ५६१ रहेको मन्त्रालयले जनाएको छ । संसारमा भर कूल संक्रमितको ७०.५ प्रतिशत संक्रमण मुक्त भएका छन् भने २६.२ प्रतिशत सक्रिय संक्रमित रहेका छन् ।
शुक्रबार थपिए सर्वाधिक संक्रमित
previous post