24.1 C
Damauli
September 21, 2026
Tanahun Awaj
Uncategorized

अनसन चौतारीमा निःशुल्क वाईफाई

दमौली/ व्यास ३ पराशर टोल स्थित अनशन चौतारा लाईनमा आइतवार देखि निशुल्क वाईफाई सुविधा जडान भएको छ । ३ नं वडा कार्यालय र वल्र्डलिङ्क कम्युनिकेशन बीच सम्झौता भई कम्पनीले पाँच वर्षका लागि निःशुल्क रुपमा वाईफाई सेवा उपलव्ध गराएको हो । वडा अध्यक्ष प्रेमकुमार श्रेष्ठ, सदस्य रबिन पौडेल, चौतारा निर्माण समितिका अध्यक्ष सुदिप काफ्ले र कम्पनीका तर्फबाट प्रवन्धक मनोज मल्लले आइतवार सम्झौतामा हस्ताक्षर गरी वाईफाईको औपचारिक सुरुवात गरिएको हो ।

पार्क निर्माणको योजना डिजाइन बन्ने क्रममा रहेको यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने तथा अस्पताल क्षेत्र एवं चौतारामा विश्राम गर्ने स्थल भएकाले जनतालाई निःशुल्क इन्टरनेटको प्रयोगको व्यवस्था गरिएको वडा सदस्य रबिन पौडेलले बताए ।

पौडेलका अनुसार एकै पटक एक सय जनाले प्रतिव्यक्ति दुई एमविपिएस डाटा बरावरको इन्टरनेट प्रयोग गर्न पाउने गरी वाईफाइको व्यवस्था गरिएको
छ । लगातार एक घण्टा चलाए पछि भने पुनः कनेक्ट गर्नु पर्नेछ । साइवर क्राइम रोक्नका लागि यस्तो व्यवस्था गरिएको कम्पनीले जनाएको छ । वल्र्डलिंककै ग्राहकका हकमा भने आफनै युजर नेम प्रयोग गरी लगातार प्रयोग गर्न पाईने बताइएको छ ।

चौतारा निर्माण समितिको आग्रहमा वल्र्डलिंकले सामाजिक उत्तरदायित्व अन्तरगत निःशुल्क रुपमा वाईफाईको व्यवस्था गरेको समितिका अध्यक्ष सुदिप काफलेले जानकारी दिए ।

Related posts

नीतिकथाको हुटिट्याउँ र हामी नेपाली

admin

न्यायीक क्षमता अभिबृद्धि

admin

विपद् व्यवस्थापनसम्बन्धी एक दिने अभिमुखीकरण

admin