दमौली/नेपाल पत्रकार महासंघ तनहुँ शाखाले बुधबार एक वक्तब्य जारी गरी शोक व्यक्त गरेको छ ।
नेपाल पत्रकार महासंघ तनहुँ शाखाकी सहसचिव मिला दरैकी बहिनी अस्मि दरैको ३३ बर्षको अल्पायुमै असामियक निधन भएकोप्रति शोक व्यक्त गर्दै सो विज्ञप्ति जारी गरेको थियो । विज्ञप्तिमा स्वर्गिय आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जिली व्यक्त गरिएको छ । साथै शोक सन्तप्त परिवाजनप्रति समवेदना समेत प्रकट गरिएको छ ।
नेपाल पत्रकार महासंघ तनहुँ शाखाको सचिव प्रताप रानाले महासंघ तनहुँ शाखाको पत्रमा सो शोक व्यक्त गरेका छन् । अन्य पदाधिकारी तथा पत्रकारहरु तनहुँ पत्रकार समूहको फेस बुक मार्फत शोक व्यक्त गरेका छन् ।
महासंघद्वारा शोक व्यक्त
previous post