दमौली/क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैद सजाय भएको छ । लामिछानेलाई जिल्ला अदालत काठमाडौंले पुष १३ गते बलात्कारी ठहर गरेको थियो ।
ल्ला न्यायाधीश शिशिर ढकालको इजलासले बुधबार बलात्कार मुद्दामा लामिछानेलाई आठ वर्ष कैद साथै तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो ।
लामिछानेलाई अदालतले कैद सजाय तोकेपनि उनि तत्काल पक्राउ नहुने जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए । उनले भने–‘जिल्ला अदालतले कैद सजाय सुनाए पनि पुनरावेदन गर्ने म्याद हुन्जेल उनी पक्राउ पर्दैनन् । पुनरावेदन गर्न पाउने कम्तिमा ७० दिन र थप ३० दिन गरी १०० दिनसम्म म्याद हुन्छ । त्यसैले त्यो अवधिभरि उनी पक्राउ पर्दैनन् ।’
लामिछानेलाई ८ वर्ष कैद
previous post