दमौली÷जिल्ला कार्यालयहरुलाई सदरमुकाम भित्रै व्यवस्थापन गर्नुपर्ने नगरवासीहरुको चाहाना अनुसार व्यास नगरपालिकाकाले बुधबार कार्यापालिकाको बैठकबाट निर्णय गरेर हाललाई बस पार्कमा टिकट काउन्टरका लागि बनेको निर्माणाधिन भवन उपलब्ध गराउने निर्णय गरेको छ । जिल्ला ट्राफिक कार्यालय तनहुँमा प्रमुख सन्तोष पौडेलका अनुसार व्यास नगरपालिका वडा नं. १ स्थित करङ्गकाठमा रहेको बस पार्क क्षेत्रमा अब जिल्ला ट्राफिक कार्यालय सर्ने भएको छ ।
जिल्ला ट्राफिक कार्यालय सदरमुकामबाट बाहिर जाने चर्चा चलेपछि, विशेष गरी डुंम्रे क्षेत्रमा उपलब्ध भएको जग्गाको स्थलगत अवलोकन गरी छनौटका लागि जिल्लाको टोली डुंम्रे क्षेत्रमा पुगेको थियो । त्यसपछि नगरवासीले सदरमुकामको पहिचान बचाउन हरेक भेला, गोष्ठि, जमघट, चियापान, सार्वजनिक सुनवाई, सामाजिक सञ्जाल, पत्रपत्रिका सर्वत्र ट्राफिक कार्यालय सदरमुकामबाट हटाउन नहुने जबरजस्त आवाज उठाउन थाले । चर्को दवावले स्थानीय बस पार्क करङ्गकाठ क्षेत्र ट्राफिक कार्यालयलाई दिने निर्णय गर्न नगरपालिकालाई सहज वातावरण बनेको जानकारहरु बताउँछन् ।
हाल उपलब्ध भएको भवनमा झ्याल ढोका राख्न र सामान्य मर्मत गर्ने काम बाँकी रहेको छ । सो कार्य सम्पन्न गरेर नगरपालिकाले ट्राफिक कार्यालय उपलब्ध गराउने भएको छ । जिल्ला ट्राफिक कार्यालयसंग हाल १३ जनाको संख्यामा जनशक्ति रहेको छ । सो बसपार्कमा बनेको टिकट काउन्टरको भवन उपलब्ध भएपछि जिल्ला ट्राफिक कार्यालयका लागि आवासीय सुविधा सहितको भवन उपलब्ध हुनेछ । साथै नगरवासीको चाहाना अनुसार सडक दुर्घटनामा कुच्चिएका सवारी साधनहरु पनि राजमार्गबाट भित्री हुनेछ । जिल्ला ट्राफिक कार्यालय तनहुँलाई उपलब्ध गराइएको सो जग्गाको क्षेत्र एकिन रुपमा खुलाइएको
छैन । तर यथेष्ठ हुनेछ । सो जग्गाको भोगाधिकार मात्रै हाललाई ट्राफिक कार्यालयलाई उपलब्ध गराइएको छ । ट्राफिक कार्यालय बस्न लागेको दुई ढलानको भवन संघीय सरकारको बजेट अनुसार निर्माण भएको भएको हो । त्यसको नियन्त्रण, संरक्षण र उपभोगको अधिकार नगरपालिकाले पाएको हुँदा नगरपालिकाको निर्णयबाट ट्राफिक कार्यालयले पाउन सकेको हो ।भागमा व्यवस्थापन गर्न सहज
नगरवासीको आवाजलाई नगरपालिकाले गर्यो कदर जिल्ला ट्राफिक कार्यालयलाई सदरमुकाममै व्यवस्थापन
previous post