‘मानसिक शान्ति एवं खुशियाली जीवनका लागि राजयोग’ विषयक पाँच दिवसीय प्रशिक्षण बुधबार दमौलीको अनसन चौतारीको खुला मैदानमा गण्डकी प्रदेश सांसद अशोक कुमार श्रेष्ठबाट उद्घाटन भएको छ । फागुन नौ गतेबाट १३ गतेसम्म सञ्चालनमा रहने यो प्रशिक्षणमा बरिष्ठ राजयोग प्रशिक्षक ब्रह्माकुमार राजु घलेको मुख्य प्रशिक्षण रहने छ । प्रशिक्षणलाई तीन सत्रमा विभाजन गरिएको छ । पहिलो सत्रमा शारीरिक योग तथा प्राणायम अभ्यास गराईने छ । दोस्रो सत्रमा मानसिक शान्ति एवं खुशियाली जीवनका लागि राजयोग मेडिटेशन गरनेछ । तेस्रो सत्रमा तनाव व्यवस्थापन एवं सकारात्मक जीवनशैलीको प्रशिक्षण आयोजकले बताएको छ ।