21 C
Damauli
September 25, 2026
Tanahun Awaj
समाचार

जोशीको थप उपचार दिल्लीमा

दमौली/स्थानिय निर्वाचनमा व्यास नगरपालिकाका मेयर उम्मेदवार दिपकराज जोशीको टाउकोमा लागेको चोटको रिर्पोटका आधारमा थप उपचारको लागि दिल्ली लगिएको
छ । दिल्ली स्थित मेदान्त अस्पतालमा उनको उपचार भइरहेको बताइएको छ ।
उपचारको केहि रिपोर्ट भारतबाट आउने भनिएको
थियो । रिपोर्ट आयो तर उनको टाउकोमा लागेको चोटको काठमाण्डौंमा उपचार नहुने भएकाले जोशीलाई भारत लगिन लागेको उनको सचिवालयले बताएको छ ।
बैसाख ३० गते व्यास–८ रिस्ती मतदान केन्द्रको निरिक्षणका क्रममा पुग्दा बुथ क्याप्चरमा सम्लग्न समूहले जोशीको टाउको पर्खालको छपनीले प्रहार गरेका थिए । आक्रमणमा परि टाउकोमा चोट लागेका उनको उपचार दमौली, पोखरा हुँदै काठमाण्डौंमा पनि भएको थियो ।

Related posts

सत्तागमनसंगै कांग्रेसमा बढ्दै किचलो: बहिर्गमन, गठबन्धन र महाधिवेशनमा मतभेद

admin

जेन–जेड विद्रोह: ज्वाला बनेका झिल्काहरू

admin

पुरक परीक्षार्थीलाई विद्यालयमै पढाउन व्यासको आग्रह

admin