चन्द्रा पौडेल
भादगाउँ रुम टु रिडको व्यवस्थापनमा सञ्चालित कक्षाहरु अवलोकन गर्ने क्रममा मंगलबार दमौली स्थित निर्मल माविको कक्षा अवलोकन सम्पन्न भएको छ । साक्षरता कार्यक्रम अन्र्तगत रुम टु रिडको आर्थिक सहयोगमा तनहँुका सय बढी विद्यालयमा कक्षा एक तथा दुई मा बुक कर्नर, बालकालिका अनुकुल कक्षा कोठाको फर्निचर , कक्षाकोठाको रङ लगाएत व्यवस्थापन भएको छ । यसका साथै कक्षा एक र दुइमा नेपाली शिक्षण गर्ने शिक्षकलाई विभिन्न चरणका तालिम प्रदानगरी नेपाली भाषा पठन तथा बोध क्षमता अभिबृद्धि कार्यक्रम सञ्चालनमा छ । कक्षा एकको अवलोकनका क्रममा पठन पाठन राम्रो पाईएको अवलोकनमा सहभागी शिक्षक तथा रुम टु रिडका प्रतिनिधिले बताए । साक्षरता कार्यक्रम सञ्चालित विभिन्न १६ विद्यालयका शिक्षकहरु संलग्न अवलोकन समूहमा संस्थाका तर्फबाट राधाकृष्ण हुमागाईं तथा राजेश रिमाल सहभागि रहेका थिए । सोही अवसरमा रुम टु रिडकै सहयोगमा स्थापित पुस्तकालयको समेत अवलोकन गरिएको थियो ।
समाचार
-
करङकाठ÷सामुदायिक सेवा केन्द्रले आफ्नो स्थापना दिवसको आवसर पारेर गरेको रक्तदान कार्यक्रम आईतवार सम्पन्न भएको…
-
दमौली÷“आलीदेखि थालीसम्म –शुद्ध र स्वस्थ खाना”, “गोठदेखि ओठसम्म– शुद्ध र स्वस्थ दूध” लगाएतका आकर्षक…
-
नगरपालिकामा व्यासलाई र गाउँपालिकामा ऋषिङलाई धेरै अनुदान दमौली/नेपाल सरकारले जेठ १५ मा सार्वजनिक गरेको…
-
कटुजे/व्यास नपा ७ स्थित कटुजेका चट्याङ पिडित परिवारलाई नेपाल रेडक्रस सोसाइटी कलेस्ती उपशाखाले नगद…
-
दमौली/गण्डकी प्रदेश सरकारको आ.व. २०७६÷०७७ को नीति तथा कार्यक्रम भोली शुक्रबार आउने भएको छ…
-
पुट्टार/नेपाली काँग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारीले मंसिरमा मध्यावधी चुनाव हुन सक्ने संकेत गर्नुभएको छ…
-
दमौली/नेपाली काँग्रेसले सञ्चालन गरेको पहिलो चरणको जागरण अभियान शनिवार समापन हुँदैछ । अभियानको नेतृत्व…
-
दमौली शिक्षक कल्याकारी कोषको तर्फबाट कोषका बचतकर्ताहरुलाई राहत वितरण गरिएको छ । नेपाल शिक्षक…
-
नेपाल पत्रकार महासंघले बुधबार एक विज्ञप्ती प्रकाशित गरी पत्रकारलाई निर्वाध र स्वतन्त्र रुपमा काम…
