संवाददाता/नेपाली कांग्रेसका सभापति तथा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले प्रतिनिधि सभाको यो छैटौ अधिवेशन सरकारलाई कोरोना विरुद्ध लड्न आवश्यक व्यवस्था गर्न तथा देशलाई समृद्धिको मार्गमा अगाडि बढाउन मार्गनिर्दश गर्न सफल हुने आशा र विश्वास व्यक्त गरेका छन् ।
वर्षे अधिवेशन समेत भनिने संसदको बजेट अधिवेशनको पहिलो दिन शुक्रवार संसदमा आफ्नो विचार राख्दै नेता देउवाले उक्त विश्वास व्यक्त गरेका हुन् । उनले अगाडि भने, पर्याप्त स्वास्थ्य सामग्री अभावका बावजुद उच्च मनोबल र उच्च मानवीय भावना साथ ‘फ्रन्ट लाईन’ मा कार्य गरि रहनुभएका स्वास्थकर्मी, सुरक्षाकर्मी, संचारकर्मी एवं सफाई कर्मचारीको प्रशंसा गर्दै श्रद्धा प्रकट गर्दछु । कोरोनाबाट नेपाल र नेपालीको रक्षा गर्ने विषयमा सरकारलाई हरसंभव सघाउने तर बेथिति, भ्रष्टाचार र अधिनायकवादी नियतविरुद्ध निरन्तर लड्ने नितिलाई पार्टीले निरन्तरता दिने उनले उल्लेख गरे ।
श्रमिक, बेरोजगार, कृषक, डेरा बस्ने विद्यार्थी, पत्रकार, मिडिया हाउस, पर्यटन व्यवसायीदेखि साना व्यापारी हुँदै उद्योगी व्यवसायीसम्मलाई विविध ढंगले राहत दिने वृहत्तर प्याकेज निर्माण, घोषणा र कार्यान्वयन यथाशीघ्र गर्न सरकार समक्ष माग गरेका देउवाले कोरोनासँग जुध्न अत्यावश्यक पिपिई, परिक्षण कीटलगायतका सामग्रीको अझै अभाव रहनु दुःखद र लज्जास्पद भएको उल्लेख गरे । यसका साथै समयमै सामग्री प्रबन्ध नगर्नु, खरिद प्रक्रियामा पारदर्शिता नहुनु र बजार मूल्यभन्दा बढी रकम राज्यकोषबाट निकासा गराएर भ्रष्टाचार गरिनु अत्यन्तै गम्भीर र अक्षम्य भएको भन्दै देउवाले दोषीहरुलाई पदमुक्त गरेर अनुसन्धानलाई सघाउन र कडा कारबाही गर्न म माग गरे ।
देउवाको कथन थियो, सिंगो देश कोरोनाबाट आतंकित भएको बेलामा सरकारले लोकतान्त्रिक मूल्य र मान्यता एवं संविधानको मूल भावना विपरीत दुईवटा विवादास्पद अध्यादेश जारी गरेर अलोकतान्त्रिक एवं गैह्रजिम्मेवार चरित्र प्रस्तुत ग¥यो । विदेशमा रहेका नेपाली पनि यतिबेला कोरोनाबाट प्रताडित भएको र अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्नु सरकारको कर्तव्य भएको भन्दै देउवाले यससम्बन्धि आवश्यक व्यवस्थापनको योजना निर्माण गरेर सम्मानित संसदमा यथाशीघ्र पेश गर्न र उद्धार थाल्न म सरकारसमक्ष माग गरे । उनले आगामी बजेटको मुख्य प्राथमिकता कोरोना केन्द्रित हुनुपर्छ भन्ने आफ्नो प्रष्ट माग भएको पनि देउवाले दोहो¥याए ।
समाचार
-
दमौली/मास्क भिड भाडमा मात्रै आवश्यक हो । हामीले विज्ञापन सुनेका छौं–‘कारोनाको किटाणु हावा हुँदैन…
-
बुधबार साँझसम्म १७ जना थपिएपछि जम्मा संक्रमित –९९ पुरुष ७१ महिला २८ प्रदेश १…
-
नेपाल सरकारले मुलुकलाई कोभिड–१९ बाट बचाउन शुरु गरेको बन्दाबन्दी छैटौ चरणमा प्रवेश गरेको छ…
-
म्याग्दे गाउँ पालिका–१ र ऋषिङ्ग गाउँ पालिका–१ जोड्ने सेती नदीको भावरमा रहेको झोलुङ्गे पुल…
-
दमौली/तनहुँ उद्योग बाणिज्य संघ दमौली बजार इकाईको आव्हानमा शुरु भएको खाना ख्वाउने कार्यक्रम ४२…
-
दमौली/विज्ञान शिक्षक समाज नेपाल, गण्डकी प्रदेशले एस्ट्रोनोकिमल सोसाइटीसंगको सहकार्यमा सोमबार इगत या तजभ धयचमि…
-
राम्जाकोट/मैना भदौरे सामुदायिक वन उपभोक्ता समितिले आफ्ना सदस्यहरुलाई राहत वितरण गरेको छ । राहत…
-
ऋषिङ्ग– ५,राम्जाकोटमा रहेको महेन्द्रोदय माविको पूरानो भवन । आवश्यक जग्गाको अभाव भएको भन्दै विद्यालय…
-
दमौली/नेपाली कांग्रेसका भ्रातृ संगठनहरुले तनहूँको विभिन्न बजारमा दैनिकजसो प्रदर्शन गरेका छन् । नेपाल तरुण…
