तनहुँ/जिल्लाका दशवटै स्थानीय सरकारहरुले बुधबार आर्थिक बर्ष २०७७÷ ०७८ को बजेट सार्वजनिकगरेका छन् ।
व्यास नगरपालिकाले अगामि बर्षको लागि अनुमानित लागत एक अर्ब ५३ करोडको बजेट प्रस्तुत गरेको छ । त्यसैगरी शुक्लागण्डकी न।पा। ले एक अर्ब सात करोड सात लाख ३७ हजार आठ सयको बजेट प्रस्तुत गरेको छ । भानु नगरपालिकाले ७८ करोड ९१ लाख १२ हजारको अनुमानित बजेट प्रस्ताव गरेको छ ।
भिमाद नगरपालिकाले कूल ५६ करोड, ५३ लाख सात हजार सात बीसको बजेट प्रस्तावित गरेको छ । घिरिङ्ग गाउँपालिकाले ३३ करोड १७ लाखको बजेट प्रस्तावित गरेको छ । म्याग्दे गाउँपालिकाले ४७ करोड ५२ लाख २४ हजारको बजेट प्रस्तावित गरेको छ । देवघाट गाउँपालिकाले ४० करोड ७५ लाख ५८ हजारको बजेट प्रस्तावित गरेको छ । ऋषिङ्ग गाउँपालिकाले ५९ करोड ९७ लाख बराबरको बजेट प्रस्तावित गरेको छ । आँबुखैरेनी गाउँपालिकाले ५७ करोड २९ लाख ७ हजारको बजेट प्रस्तावित गरेको छ ।
बन्दिपुर गाउँपालिकाको हकमा भने समुदायमा कोभिड–१९ को संक्रमण बढेको कारण एक हप्ताको लागि बन्दिपुर सिल भएको कारण विषयगत छलफल नै नटुङ्गिएको कारण बजेटको प्रक्रिया अगाडि बढाउन नपाईएको वडाध्यक्ष भानुभक्त पोख्रेलले बताउनु भयो ।
नेपाल सरकारको बजेट, प्रदेश सरकारको बजेट जस्तै पालिकाको बजेट पनि विश्वव्यापी भएको कोभिड–१९ को संक्रमणको कारणले प्रभावित भएको छ । अघिल्लो बर्षमा हुन पर्ने खर्च हुन सकेको छैन । अनुमान गरिए बमोजिमको आय हुन नसकेको कारण आर्थिक बर्ष २०७७/०७८ को बजेट प्रभावित भएको हो ।
समाचार
-
दमौली/तनहुँमा एक हजार ३ सय ३७ जनाको कोभिड–१९ नमूना संकलन गरिएको छ । सात…
-
ऋषिङ्ग गाउँपालिका वडा नं ८ मा रहेको अजम्बरी मन्दिर परिसर । परापूर्व कालमा श्रृङ्ग…
-
दमौली/सर्वोच्च अदालतको २०७७ जेठ १६ गतेको परिपत्र र उच्च अदालतको पोखराको निर्देशन बमोजिम तनहुँ…
-
-
दमौली/तनहुँमा एक हजार ७२ जनाको कोभिड–१९ नमूना संकलन गरिएको छ । पाँच सय ३०…
-
दमौली/एक साताको समय सीमा दिएर नेपाल पत्रकार महासंघले श्रमजीवी ऐनको पालना नगरे आन्दोलनमा जाने…
-
कलेस्ती/व्यास नगरपालिका वडा नं. ७ ले ट्राफिक पोष्टको माग गरेको छ । वडाध्यक्ष सतिशचन्द्र…
-
तनहुँ कालीका मन्दिर दमौलीको गौरव हुनेछ । आकर्षक भव्य मन्दिर लामो उकालो हिडेर पुग्दा…
-
निर्माण शरू भएको पॉच बर्षमा शनिवार घण्टाघर अनावरण भएको छ । व्यास न. पा.…
