आज संसारभर अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदै छ । संयुक्तराष्ट्र संघिय संस्था युनेस्कोका अनुसार संसारमा बोलिने हजारौं भाषाहरु मध्ये झण्डै तीन हजार भाषाहरु लोप हुने अवस्थामा छन् । लोप हुन लागेका यी भाषाहरुको संरक्षणमा विश्वको ध्यान आकर्षण गर्न र मातृभाषाको महत्व तथा यसको संरक्षण गर्न आममानिसमा चेतना जगाउने उद्देश्यले सन् २००२ देखि युनेस्कोको पहलमा संसारभर अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन थालिएको हो । युनेस्को भन्छः यो भाषाहरुको ब्रम्हाण्डमा हरेक शब्हरु एक तारा बराबर हुन् ।
नेपालमा सयौं जातजातिको बसोबास रहेको छ र ति सबै जातजातिका आ–आफ्नै भाषाहरु रहेका छन् । तर कतिपय भाषाहरु लोप हुने अवस्थामा रहेको तितो यथार्थ पनि हामीसंगै छ । बहुल जाति, बहुल भाषा, बहुल धर्म अनि बहुल संस्कृति हाम्रो विषेशता हो, हाम्रो सम्पदा पनि । आफ्ना सम्पदाको संरक्षण र विकास हाम्रो कर्तव्य हो । चाहे झोर्ले भनौं वा ल्हासो, नमस्कार भनौं वा जदौ जे भने पनि यी सबैको एउटै अर्थ हो हार्दिकता, प्रेम र सद्भाव ।
यदि भाषाको विकास नभएको भए हामी कसरी आफ्ना भावना र विचार अभिव्यक्त गथ्र्यौ होला ? एक छिन् सोचौं त । हजारौ वर्ष अगाडि रचना गरिएका गीता, महाभारत, पुराण, त्रिपिटक अनि बाईबल जस्ता सम्पदा अहिले हाम्रो पुस्तासम्म कसरी आईपुग्थ्यो होला र भाषाको विकास नभएको भए ? त्यसैले भाषा भनेको सभ्यता, संस्कृति र इतिहासको संवाहक हो । र यो संवाहकलाई वचाई राख्नु हाम्रो कर्तव्य हुन आउँछ । अहिलेको शिक्षा प्रणाली भन्छ, बालबालिकाले आफुले बुझ्ने भाषामा सिक्न पाउनु पर्छ । भनिरहनु परेन बालबालिकाका लागि सबैभन्दा सहज लाग्ने भाषा मातृभाषा हो भनेर । त्यसैले मातृभाषाहरुको संरक्षण सम्बन्धित जातजातिको मात्र नभएर राज्यको दायित्व पनि हो । सहज सिकाई बालबालिकाको अधिकार हो र बाल अधिकारको संरक्षण राज्यको प्रमुख दायित्व ।
राष्ट्र समृद्ध हुन त्यहाँका नागरिक समृद्ध हुन पर्दछ र नागरिक समृद्ध हुन उनिहरु शिक्षित हुनु जरुरी छ । सहज शिक्षा प्राप्तीका लागि मातृभाषामा शिक्षा प्राप्त गर्ने वातावरण हुनु पनि आवश्यक छ । यसरी देश र समाजलाई समृद्ध बनाउन अनि हामी भित्रको विविधताको संरक्षण गर्नका लागि पनि नेपालका सबै मातृभाषाहरुको संरक्षण र विकास अपरिहार्य छ । फेब्रुअरी २१ मा हरेक वर्ष मनाईने अन्तर्राष्ट्रिय मातृभाषा दिवसको सबैमा शुभ–कामना ।
विचार/दृष्टिकोण
-
पृष्ठभूमिः बालश्रमिक राख्न पाइदैन । राख्न दिनु हुँदैन । वेसहारा, अभिभावक र संरक्षक विहिन…
-
हिजो संसारभर विश्व रेडियो दिवस मनाइयो । फेब्रुअरी १३ लाई संसारभर विश्व सञ्चार जगतमा…
-
आदरणीय पाठक महानुभाव ! नमन, अभिवादन । यसभन्दा अघिल्लो अङ्कमा मैले हालसालै प्रकाशित अञ्जु…
-
डायरी विद्यालयबाट फर्किने क्रममा कमलबारीका गाडीको प्रतिक्षा गर्दै थियौं म र केही साथीहरु ।…
-
रामचन्द्र पौडेल र गोविन्दराज जोशीको सम्बन्ध : जेलभित्र मेल बाहिर सधैँ बेमेल रमेश सापकोटा…
-
पृष्ठभूमिः दान बकस हामीहरुको जीवनमा चलिआएको प्रथा परम्परा हो । त्यही प्रथालाई विगत देखिने…
-
सोमबार संसारभर विश्व क्यान्सर दिवस मनाइयो । आम बुझाइमा मानिसको शरीरमा एक पटक क्यान्सर…
-
लोकतन्त्रको सुन्दर पक्ष भनेकै आफुलाई चित्त नबुझेको कुरामा किन भनेर प्रश्न गर्न पाउनु हो…
-
आदरणीय पाठक महानुभाव ! नमन, अभिवादन । अति सरलता एवं विनयपूर्वक कुराको शुरुवात गरौं…
