गएकोे विहीबार तत्कालिन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा झण्डै ७० करोड कमिसनका लागि सौदावाजी गर्दै गरेको अडियो सार्वजनिक भएपछि हप्ताभर यसैको चर्चा र परिचर्चा भइरह्यो । सामाजिक सञ्जालमा उनको आलोचनामा धेरै लेखिए ।
केही दिन अगाडि प्रधानमन्त्री केपी ओलीले काभ्रेको धुलिखेल पुगेर बास्कोटाको प्रशंसा गर्दै राजनीतिको तुलोमा राखेर जोख्ने हो भने गोकुल बास्कोटा एकातिर र अरु सबै आर्कातिर हुने मात्र बताएका थिएनन्, काभ्रे प्रतिभा जन्माउने जिल्ला भएको उल्लेख गरेका थिए । त्यसको गुञ्जन सकिन नपाउँदै उनका अत्यन्त विश्वास पात्र बास्कोटा ७० कारोड कमिसनका लागि गरिएको सौदावाजीको अडियो सार्वजनिक भएपछि राजिनामा दिएर बस्न बाध्य भएका छन् ।
बास्कोटा प्रकारण सतहमा आएसंगै यसमा बास्कोटामात्र संलग्न हुन या प्रधानमन्त्रीको समेत मिलिभगत भन्ने कुरामा सन्देह प्रकट गर्न थालिएका छन् । बास्कोटाले संवादका क्रममा प्रयोग गरेको हामी सब्दले अरु को–कोलाई भन्न खोजिएको हो ? भन्ने कुराको खोजिनीति सुरु भएको छ । विश्वास पात्र बास्कोटाले के प्रधानमन्त्री ओलीको जानकारी वा सम्मती बेगर यस्तो काम गरे होलान ? भनि प्रश्न गर्ने पनि थुप्रै नागरिक छन् । बहालवाला मन्त्रीले कर्मचारीलाई गाली गर्न प्रयोग गरेका अश्लिल शब्दले हामी सबैलाई लज्जित तुल्याएको छ । सञ्चार माध्यमहरुले मन्त्री प्रधानमन्त्रीलाई तिमी सम्बोधन गरेकोमा आपत्ती जनाउँदै संस्कारी हुन उपदेश दिने बास्कोटाले सम्वादका क्रममा प्रयोग गरेका शब्द बास्तवमै आपत्तिजनक थिए र छन् ।
पछिल्लो समय अख्तियारको भेषमा बास्कोटाका मानिस गएर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा छापा मारी सम्पूर्ण कागजात जफत गरेका भन्ने समाचारहरु पनि आएका छन् । उता प्रधानमन्त्री ओली बास्कोटाका विषयमा पार्टीगत छानविन गर्न आवश्यक नभएको भन्दै उनैलाई जोगाउने खेलमा लगेका समाचार पनि आइरहेका छन् । यस्तोमा नागरिक स्तरबाट पर्याप्त सृजना गरेर निष्पक्ष छानविन गर्न सरकारलाई बाध्य बनाउनु आवश्यक छ । नेकपाका लागि पनि बास्कोटा प्रकारणमा निष्पक्ष छानविनको वातावरण बनाउनु नै लाभदायी हुन्छ । त्यसैले हाम्रो आग्रह छ, विष्पक्ष छानविनको वातावरण बनोस् ।
विचार/दृष्टिकोण
-
यतिबेला नेपाली राजनीति काण्डै काण्ढले तरङ्गित छ । मुलधारको राष्ट्रिय राजनीतिलाई तरङ्गित बनाउने काण्डहरुको…
-
माक्सबादी दर्शनः सन् १८१८, मे ५ मा जर्मनको पर्सिया–ट्रियरको मध्यम बर्गीय समाजमा वर्लिन विश्वविद्यालयबाट…
-
हरेक वर्ष मार्च ८ का दिन अन्तर्राष्ट्रिय रुपमा ११० औं अन्तर्राष्ट्रिय महिला दिवस मनाईंदै…
-
पृष्ठभूमिः मुलुकी ऐन विस्थापित गरेर २०७५ भाद्र १ गतेबाट संहिता कानून लागू भएपछि देवानी…
-
नेपाली नागरिकले स्वतन्त्रताको स्वाद लिन थालको हिजो फागुन ७ बाट ६९ वर्ष पूरा भई…
-
हिन्दु धर्म, संस्कृति र चाडपर्वको हिसाबले अस्तित्वमा रहेका अन्य धर्महरु भन्दा अगाडि छ ।…
-
गतांकबाट निरन्तर……… उपचारका लागि क्यान्सर अस्पताल पु¥याएपछि सायद दिदीलाई अनुमान भएको हुनुपर्छ कि कतै…
-
पृष्ठभूमिः कानूनमा भएको व्यवस्था बमोजिम अघिल्ला अंकहरुमा हामीले फौजदारी मुद्धामा हुने लगातार कारवाही र…
-
संयुक्त राष्ट्र संघीय बाल कोष ( युनिसेफ ) का अनुसार नेपालका पाँचदेखि १२ वर्ष…
