आईतवार आदिकवि भानुभक्त क्याम्पसको क्वारेन्टाईनमा बसेका ऋषिङ्ग गाउँ पालिका स्थायी घर भएका २८ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएसंगै तनहुँ पनि कोरोना संक्रमणको सिकार बनेको छ । अघिल्लो साता भारतबाट फर्केका ति पुरुषमा कोरोना संक्रमण भएसंगै कोरोनाको त्रास तनहुँका स्थानीयमा थपिएको छ । कोरोना संक्रमण हुनु भनेको जीवन समाप्त हुनु हो भन्ने गलत बुझाईका कारण पनि मानिसमा त्रास थपिएको हो ।
हामीले बुझ्नु पर्ने कुरा के हो भने कोरोना संक्रमित हुनु भनेको जीव्न समाप्त हुनु होइन । नेपालमा कोरोना संक्रमणको दर र मृत्यू दर हेर्दा पनि प्रति दुई सय संक्रमितमा एक जनाको मात्र मृत्यू भएको देखिन्छ । यसरी हेर्दा पनि संक्रमित हुनु भनेको जीवनको समाप्ती होइन भन्ने बुझ्न सजिलो हुन्छ । तर हामीले संक्रमणबाट जोगिन आवश्यक सावधानी अपनाउन भने छोड्न हुँदैन । देशभरकै र तनहुँको अहिलेको अवस्था हेर्दा संक्रमणको मारमा पर्ने देखिएको छ । सामान्य काममा पनि घर बाहिर र अझ भिडभाड भएको ठाउँमा हामी जान छोडेका छैनौं । पद र शक्तिको दुरुपयोग गर्दै आफूसंग पास भएको नाउँमा जथाभावि हिडडुल गर्न पनि धेरैले छाडेको देखिएको छैन । त विरामी परेका मानिसहरु उपचारमा जान नपाएको वा पाए पनि अनेकौं शास्ती भोग्नु परेको दृष्यहरु प्रसस्तै देखिएका छन् ।
हामी कहाँ संक्रमण आईपुगेको छैन, त्यसैले हामीले हामीले सावधानि अपनाउन जरुरी छैन भनेझै गरी दमौली र तनुहँका अन्य स्थानमा जसरी सामाजिक दुरी कायम नगरी जम्मा हुने, मास्क नलगाई हिड्ने, सामान्य काममा पनि घर बाहिर निस्कने, अत्यावश्यक बाहेकका सामानका पसलहरु खोल्ने गरिएको पाइएको छ । यसले संक्रमणको जोखिमलाई निम्तो दिएको छ । हाम्रो घरभित्र कोरोना आफै आउँदैन, बरु हामीले त्यसलाई घरबाहिर गएर निम्त्याएर आउँछौं भन्ने कुरालाई हामीले आत्मसाथ गर्न सकेको देखिएको छैन । तर छिमेकका युवामा संक्रमण देखिएपछि अब भने जोखिमबाट बाँच्न सबै उपाय अबलम्बन गर्न आवश्यक भएको छ । संक्रमितमा आत्मविश्वास जगाउनु आवश्यक छ । कोरोना हाम्रो ढोकामै आईसक्यो । घर बाहिर निस्केर कोरोना भित्र्याउने दुस्साहस नगरौं । घरै बसौं, सुरक्षित रहौं ।
विचार/दृष्टिकोण
-
इतिहासमा साना साना बाईसे चौवीसे राज्यमा विभाजित नेपाल आज विश्वमानचित्रमा एक लाख ४७ हजार…
-
केही समय अगाडि भक्तपुरको एक निजी विद्यालयकी शिक्षकले परीक्षामा राम्रो अंक नल्याएको भन्दै साना…
-
प्रतिमा कार्की आफ्नी प्रेमिका लिन जाजरकोटबाट रुकुम पुगेका नवराज विकसहित ५ जनाको हत्या भएको…
-
पृष्ठभूमिः कानून विपरित काम गरेको आरोप लागेका व्यक्तिहरुले आफूलाई कानूनले दिएको अधिकार र सुविधाको…
-
विश्वमानचित्रमा स्वशासित देशको नागरिकका रुपमा गौरव गर्ने हामी नेपाली स्वशासन र मौलिक हक संरक्षण…
-
नेपाल भारत सीमा विवाद समय समयमा उठि रहने कुरा हो । अहिले पनि सीमा…
-
पृष्ठभूमिः हामीले ३० बर्षे पञ्चायती व्यवस्था फालेर लोकतन्त्र ल्यायौं । राजनीतिक परिवर्तन गर्दै हामीले…
-
गत कार्तिक १६ मा भारतले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई आफ्नो राजनैतिक नक्सामा…
-
आज भन्दा करिब दुई महिना अगाडिसम्म जतिबेला कोरोना भाईरसले स्पेन इटाली लगायतका सम्पन्न यूरोपेली…
