–भक्तपुर जडीबुटी स्थित जागृति माध्यमिक विद्यालयकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यले परीक्षामा थोरै अंक ल्याएको भन्दै ३४ विद्यार्थीलाई पेन्सील कटरको ब्लेडले नाडीमा चिर्न लगाएको अभियोग लागेपछि शनिबार उनलाई प्रहरीले पक्राउ गरेको छ ।
केही समय यता शिक्षकले विद्यार्थीलाई विभिन्न नाममा यातना दिएका र कुटपिट गरेका यी र यस्तैखाले घटनाका झण्डै दर्जन समाचार प्रकाशित भइसकेका छन् । कतै गृहकार्य नगरेको भनेर कुटपिट गरेका, कतै प्रार्थना स्थानमा समयमा नआएको भनेर कुट्दा हात भाँचिएका त कतै नजानेको प्रश्न सोधेको भनेर पिट्दा विद्यार्थी घाइते भएका समाचार आइरहे । शिक्षकले यातना दिएका कारण बालबालिकाले विद्यालय छाडेको समाचार पढ्नु पर्दा हरेक पाठकको मन कटक्क खाँदो हो । अरुलाई अनुशासन, संयम र कर्तव्य/अकर्तव्यको पाठ पढाउने शिक्षकले नै कर्तव्य भुल्ने र संयम गुमाउने भएपछि ति शिक्षकबाट दीक्षित हुन चााहने विद्यार्थीले कस्तो दीक्षा ग्रहण गर्ला भन्ने प्रश्न यतिबेला सर्वत्र चर्चामा छ ।
आखिर किन विद्यार्थीमाथि यसरी खनिन्छन् त शिक्षकहरु ? यसका कारण बारे सोधखोज गरिनु सायद अब जरुरी भैसकेको छ । सम्भावना अनेकौं हुन सक्छन् । नतिजा राम्रो दिनैपर्ने दवावमा शिक्षकहरु छन् तर आम विद्यार्थीमा पढ्ने बानीमा ह्रास आएका कारण विद्यालयकले भने जस्तो राम्रो नतिजा दिन सहज छैन । संगै सत्य के पनि हो भने कुनै पनि बालबालिका परीक्षामा आफ्नो कम अंक आओस् भन्ने पक्कै चाहँदैनन् । कतिपय प्रतिकूलताका कारण उनीहरुले आफैले र शिक्षकले अपेक्षा गरे अनुरुप अंक नल्याएका हुन सक्छन् । फेरी बालबालिकाको उमेर समूह अनुसारका बानीहरुका विषयमा शिक्षकहरु जानकार हुनु जरुरी छ र आम शिक्षकहरु जानकारी हुनुहुन्छ, पनि । तर फेरी किन यस्ता यातनाका घटनाहरु दोहोरिरहेका छन् ? बुझ्न सकिएको छैन ।
एउटा शिक्षकको काम काँचो सुनको रुपमा रहेको बालकलाई आकार दिनु हो । उसमा व्याप्त अनेक खालका अन्धकारलाई हटाउनु एउटा गुरुको कर्तव्य र दायित्व हो । तर माथि उल्लेखित घटनाहरुले कतै शिक्षकहरु आफ्नो कर्तव्य र दायित्वबाट विमुख हुँदै गएका त होइनन् भन्ने प्रश्न उब्जेको छ । शिक्षक पनि मानिस हो र मानवजन्य रिस, आवेग लगाएतका गुण शिक्षकमा पनि हुन्छन् । तर शिक्षकले ति रिस, आवेग र उत्तेजनालाई आफ्नो नियन्त्रणमा राख्नु जरुरी छ । यसै त शिक्षकको मर्यादा डाँडा माथिको घाम भै सकेको अवस्थामा यस्ता घटनाले झन त्यसलाई अवसान तर्फ लैजान सघाउने वातावरण सृजना गरेको
छ । सबै गरुहरुलाई संयम नगुमाउन अनि आफ्नो कर्तव्य र दायित्व प्रति सदा सचेत रहन हाम्रो आग्रह ।
Tanahu Awaj
-
यतिखेर सम्पूर्ण विश्व नै कोरोना भाइरसको भयबाट ग्रसित छ । चीनको वुहान प्रान्तबाट शुरुभएको…
-
नारीको कहानी जन्मिदैदेखि विभेद हुन्छ, छोरीको जातलाई सहनु कति आफ्नै जीवनमा, भएको घातलाई स्कुल…
-
निर्मला पन्तको सन्दर्भमा अर्काे पनि प्रश्न गर्न मन लाग्यो । तपाई गोकुल बास्कोटाको घुस…
-
पृष्ठभूमिः हामीले अब दुष्कृति कानूनले गरेका व्यवस्थाका बारेमा बुझ्न जरुरी छ । नेपालमा नयाँ…
-
दमौली/अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर व्यास नगरपालिकाले प्रथम व्यास नगर महिला खुल्ला हाफ म्याराथन…
-
दमौली/जिल्ला प्रशासन कार्यालय तनहुँले सूचना जारी गरी कोरोना भाइरसको संक्रमणबाट जोगिने उपाय अपनाउन र…
-
कमलवारी/सिद्धेश्वरी माध्यमिक विद्यालयमा अध्ययरत २३ बालबालिकाका अभिभावक पुरस्कृत भएका छन् । विद्यालयका प्र.अ. नारायणप्रसाद…
-
दमौली/“भाषा, साहित्य, संस्कृतिको उत्थान साहित्यिक जागरण हाम्रो अभियान” भन्ने नाराका साथ दमौलीमा फागुन अन्तिम…
-
गत आइतबार नेपालमा र संसारभर शून्य भेदभाव दिवस मनाइयो । भेदभावका अनेक रुप छन्…
