संवाददाता/नेपाली काँग्रेसले बल्ल बल्ल आफ्नो संवैधानिक वैधानिकता जोगाएको छ । एक बर्ष अगाडि नै गर्नुपर्ने १४औं अधिवेशन २०७८ मंसिरअन्तिम हप्तामा शुभारम्भ गरेर सम्पन्न हुने चरणमा छ ।
चौधौं अधिवेशनले नेपाली काँग्रेसको अगामि चार बर्षको नेतृत्व गर्ने अभिमत शेरबहादुर देउवालाई दिएको छ ।
वितेको पाँच बर्षमा नेतृत्व क्षमता देखाउन नसकेका देउवाले नै पुनः दोस्रो कार्यकाल दोहो¥याउने अवसर पाउनु भनेको नेपाली काँग्रेसभित्र सैद्धान्तिक निष्ठा पराजित भएर अवसरवाद हावी भएको पुष्टि मात्र हो ।
नेपाली काँग्रेसका दोस्रो पुस्तालाई नेतृत्वमा स्थापित गराउने तर्फ दोस्रो पुस्ता वीच पनि मतैक्यता हुन सकेन । नेपाली काँग्रेस कार्यकर्ताको अभिमत चार हजार छ सय ७९ जना मार्फत जाहेर भएको छ । चौसठ्ठी जनाले आफ्नो मताधिकार प्रयोग नगरेर काँग्रेस कार्यकर्ताको अभिमतलाई अवरुद्ध पारिदिए । शेखर कोईराला, प्रकाशमान सिं र विमलेन्द्रनिधिलाई गएको कूल मत २३ सय ६९ मत त नेतृत्व परिवर्तनका लागि जाहेर भएको अभिमत हो । शेरबहादुरलाई पुनः नेतृत्वमा ल्याउन चाहने त २२ सय ५८ मत मात्रै हो । प्रकाशमानसिं र विमलेन्द्रनिधिको अकरमण्ड्यताले नेपाली काँग्रेसलाई नयाँ जोश र जाँगरका साथ हाँक्ने अवसर गुमेको छ । तीन नेता शेखर, प्रकाशमान र विमलेन्द्रनिधिको नेतृत्व परिवर्तन गर्ने मुद्धा मिलेको देखिएको
थियो । दोस्रो चरणको प्रतिष्पर्धा गर्ने अवसरमा मुद्धा मिलेको अभिमत अवसरवादमा नबहकिएर कार्यकर्ताको अभिमतलाई कदर गरेको भए दोस्रो पुस्ताका नेताहरु यो पटकलाई शेखर कोईरालालाई नेतृत्वमा स्थापित गराउन सक्थे । अर्को पटक अर्कोको नेतालाई स्थापित गराउनु पर्ने सन्देश दिन सकिन्थ्यो । आखिर कार्यकर्ता पनि त त्यही चाहन्थे । सत्ता, शक्ति र स्वार्थको प्रभावमा पारेर आमकाँग्रेसको अभिमतलाई परिवन्दमा पारियो । परिणाम अनुकूल बनाइयो ।
चुनाव जित्नु र राजनीति जित्नु फरक हो । वि.पि. वादको आर्दशबाट सुसंगठित नेपाली काँग्रेस जस्तो सिद्धान्त र निष्ठाको ऐतिहासिक पृष्ठभूमि बोकेको दलका कार्यकताहरुले १४औं अधिवेशनबाट पनि नेताहरुलाई सहि मार्ग निर्देशन गर्न सकेनन् ।
प्रधानमन्त्री, मन्त्री, जस्ता अवसरप्रति आकर्षण नदेखाएका शेखर कोईराला र उनको टिममा परेका अनुहारले वि.पि.वादको सैद्धान्तिक निष्ठा बचाएर नेपाली काँग्रेसलाई सुसंगठित गर्न सक्ने आशा भरोसा अठार सय भन्दा बढी महाधिवेशन प्रतिनिधिहरुले देखाए ।
सत्ताईस सय भन्दा बढी महाधिवेशन प्रतिनिधि अझ विशेष गरी नेतृत्व हस्तान्तरणको मुद्धा उजागर गर्ने विमलेन्द्रनिधि, प्रकाशन सिंहरु अवसरवादको मोहमा अल्मिलिएको आमकाँग्रेस कार्यकतालाई अनुभूत भएको छ । अवसरवादका अगाडि लम्पसार पर्ने शेरबहादुर देउवाले चितवन र डँडेल्धुराका काँग्रेस कार्यकर्ताको भावना जसरी चोट पु¥याएर, त्यसैगरी देउवा नेतृत्वले देशभरका स्वाभिमानी, निष्ठावान कार्यकर्ताको कार्यकर्ताको भावनामा चोट पु¥याएको छ ।
Author
Tanahu Awaj
-
दमौली/दमौली पाटन महोत्सव एकदिन लम्बीने सम्भावना रहेको छ । दर्शक चापका कारण महोत्सव १…
-
दमौली/नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तानको जिम्मेवारी सन्दिप लामिछानेले पाएका छन् । नेपाल क्रिकेट…
-
सत्तारुढ दल नेपाली कांग्रेसको चौधौं महाधिवेशन अन्तरगत नेतृत्व छनौंटका लागि भएको मतदान सकिएको छ…
-
माथि आकाश देखाउदै भन्ने गर्थीत्यस्तै विशाल छ हाम्रो सम्बन्ध पर बगेको खोला देखाउदै भन्ने…
-
बाह्र बर्षको अन्तरमा तनहुँ जिल्ला भिमाद नगरपालिका वडा नं. ५ ऋषिङ्ग पाटनमा मंंसिरको २५…
-
दुइ मुठ्ठी खरानी हो मान्छेको देह आखिरखरानीको कुनै जात थर गोत्र कहाँ छ र…
-
[3d-flip-book id=”6804″ ][/3d-flip-book]
-
पृष्ठभूमिःअंशियारा बीच कुरा मिलेको अवस्थामा निजी आर्जन र सगोलीको खासै विवाद रहँदैन । तर…
-
