सूर्यपाल/राम वालोदय आधारभूत बिद्यालयले शुक्रवार विद्यालयको अभिभावक भेला सम्पन्न गरेको छ । विद्यालयका शिक्षक रामकुमार श्रेष्ठले दिनु भएको जानकारी अनुसार अभिभावक भेलामा आ.व. २०७९/०८० को सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक तथा बिद्यार्थीको शैक्षिक अवस्था सुधार बारे छलफल भएको थियो।
मध्यनेपाल न.पा. -३ सुर्यपाल,लमजुङ मा अवस्थित राम वालोदय आधारभूत बिद्यालयले शिक्षक ,अभिभावक बिद्यार्थी समुदाय र सरोकारवाला बिच आपसी मेलमिलाप कायम हुने गरि शैक्षिक विकास एवम् स्तर उन्नतिका लागि कदम चाल्ने उद्देश्यलाइ प्राथमिकतमा राखेर अभिभावक सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक बाबुराम साँखीले बताउनु भयो । सो कार्यक्रममा बिद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि बिद्यालय प्रशासन शिक्षक स्टाफ जस्तो सुकै कदम पनि चाल्न तयार रहेको प्रतिवद्धता बिद्यालय का प्र अ बाबुराम साखी ले गर्नुभएको थियोे । सामाजिक लेखा परिक्षण समिति सदस्य एवं शिक्षिका अर्चना अधिकारी पौडेल ले सामाजिक परिक्षण प्रतिवेदन २०८० प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा छलफल का क्रममा शिक्षक र अभिभावकको दायित्व बिषयमा आ आफ्नो बिचार प्रस्तुत गरिएको थियो । कार्यक्रममा मध्यनेपाल नगरपालिका ३ नं वडा कार्यालय सुर्यपाल का वडाध्यक्ष केशव न्यौपाने ,बिद्यालय व्यवस्थापन समिति का अध्यक्ष नेत्र बहादुर बस्नेत ,जनप्रतिनिधि चित्र बहादुर थापा,बि व्य स सदस्य हरु बाबुराम बस्नेत,अस्मिता न्यौपाने ,सोविता साँखी, सुमित्रा श्रेष्ठ, शि अ संघ सदस्यहरु पुजा नेपाली , मनिषा नेपाली पुर्व कर्मचारी राम बहादुर थापा, सा ले प समिति सदस्य लक्ष्मी प्रसाद साँखी , पुर्व शि अ संघ अध्यक्ष कुल प्रसाद न्यौपाने लगायत अन्य अभिभावकहरुले आ-आफ्ना धारणा राख्नु भएको रहेको थियो ।
कार्यक्रम बिद्यालय का शिक्षक अभिभावक संघका अध्यक्ष गंगा थापा को अध्यक्षतामा भएको थियो ।बिद्यालय का प्रधानाध्यापक बाबुराम साँखीले भेलामा बिषय प्रवेश गराउनु भएको थियो । पुर्व प्र अ परशुराम न्यौपाने को कार्यक्रम को ओैचित्य माथि प्रकास पार्नु भएको थियो । शिक्षक रामकुमार श्रेष्ठले सञ्चालन गर्नु भएको सो कार्यक्रममा उपस्थित अतिथिहरू को स्वागत मन्तव्य बिद्यालय का स.प्र.अ.मनमाया साखी राख्नु भएको थियो ।