24.1 C
Damauli
September 21, 2026
Tanahun Awaj
समाचार

काण्डैकाण्डमा मुछिएर दुर्गन्धित गणतन्त्र
बेलायतमा राजतन्त्र फर्केको इतिहासको चर्चा

फोटो कलेक्शनः प्रभात पोख्रेल

विशेषसम्वाददाता
दशबर्षे सशस्त्र विद्रोहले १७ हजार नेपाली नागरिकको हत्या गरेर, हजारौंलाई अपाङ्ग बनाएर, अरबौंको धनसम्पत्ति लुटपाट गरेर, तोडफोड आगजनी गरेर आएको १५ बर्षे यो गणतन्त्र काण्डैकाण्डमा मुछिएर दुर्गन्धित र बद्नाम मात्र भएको छैन, प्रजातन्त्रको जननी भनिने बेलायतमा आठ बर्ष क्रमवेल राष्ट्रपति भएपछि अस्तव्यस्त राज्यव्यवस्था सम्हाल्न राजतन्त्रको सन्तान खोजेर ल्याएर राजतन्त्रको पुस्थापना गरिएको इतिहास अहिले नेपालको राजनीतिको चर्चामा रहेको छ ।
गणतन्त्र वद्नाम गराएर राजतन्त्रको चर्चा बढाउने के काम गरे यी गणतन्त्रवादीहरुले यो आमजनसरोकारको विषय हो । चर्चामा रहेका गणतन्त्रवादीहरुले धेरै काण्ड मच्चाएका छन् । ती सबैको चर्चा गर्नुभन्दा मुख्य रुपमा गणतन्त्र बद्नाम गराएर स्वतन्त्र उम्मेदवार र राजतन्त्रलाई चर्चामा ल्याउने काण्डहरु मुख्तः जनचासोको विषय बनेका छन् ।
गणतन्त्रलाई दुर्गन्धित बनाउने काण्डहरु लडाकू शिविर घोटला काण्ड, गिरीबन्धु टि स्टेट, यति, ओम्नी, पशुपतिको जलासहरी काण्ड, ललिता निवास जग्गा प्रकरण, स्वास्थ्य सामाग्री खरिद प्रकरण र गोकर्ण रिर्सोट लिज प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, सुन तस्करी काण्ड रहेका छन् ।
काण्डैकाण्डहरुमा विशेषतः नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा समाजवादी, नेपाल समाजवादी पार्टीका प्रमुख तथा प्रमुख पत्नीहरु नै मुछिएका छन् । लडाकू शिविर घोटला प्रकरणमा नेकपा माओवादी केन्द्र अध्यक्ष एवंं वर्तमान प्रधानमन्त्री नै मुछिएका
छन् । गिरिबन्धु टि स्टेट यति, ओम्नी, पशुपतिको जलाहरी जस्ता काण्डमा नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओली नै मुछिएका
छन् । ललिता निवास जग्गा काण्डमा नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारहरु मुछिएका छन् । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल स्वास्थ्य सामाग्री खरिद प्रकरण, गोकर्ण रिसोर्ट लिज प्रकरणमा मुछिएका छन् । नक्कली भुटानी शरणार्थी काण्डमा नेपाली काँग्रेसका सभापति शेरबहादुर पत्नी आरजु देउवा, नेपाली काँग्रेसका नेता बालकृष्ण खाँड, नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी, बालकृष्ण खाँडकी पत्नी मन्जु खाँड सहितका नेताहरु मुझिएका छन् । नेपाललाई सुन तस्करीको सहज नाकाको पहिचान दिलाउने सुन तस्करीमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिव बर्षमान पुनहरु मुछिएका छन् । अनुसन्धानमा उच्च मनोवलका साथ कर्तब्य निवाहमा खटिएका अनुसन्धान अधिकृतहरुलाई सरुवा कारवाही गरेर प्रचण्डले कृष्ण ÷बर्षमानलाई र शेरबहादुर देउवाले आरजु देउवालाई राजनीतिक संरक्षणका छन् । बालकृष्ण खाँडलाई जोगाउन नसकेका यी नेताले थुनामा पठाउने न्यायाधीशलाई अपमानजनक सरुवा गरेर चित्त बुझाएका छन् ।
गणतन्त्रवादी नेताहरुलाई एमसीसी काण्ड र नागरिकता विधेयक, अदालतको निर्णयलाई नै अपमानित गर्ने गरी भएको आममाफी काण्ड यस प्रसंगमा भुल्न सकिदैन । देशमा डाक्टर कुटिने, शिक्षक लखेटिने, धनकुटा र नेपालगञ्जमा भड्कन लागेका धार्मिक सहिष्णुताप्रति यस्ता दण्डहिनताका काण्डहरु जिम्मेवार छन् । मुलुकको आर्थिक दुरावस्था, दण्डहिनता, अशान्ति, भड्किन लागेको धार्मिक सहिष्णुता, सामाजिक सद्भावले नेपालको राज्यव्यवस्था बेलायतले भोगको गणतन्त्र कालकै जस्तो अस्तव्यस्त बनेको छ । त्यसैले राजतन्त्रवादीहरुको हौसला बढेको छ ।

Related posts

प्रविधि पछ्याउँदै कांग्रेस
कांग्रेस सदस्य बन्न अनलाईन आवेदन

admin

व्यासको सार्वजनिक सुनुवाई भोली

admin

स्वास्थ्य मन्त्री तनहुँमा व्यस्त

admin