28.8 C
Damauli
October 9, 2026
Tanahun Awaj
समाचार

वालोदयमा कविता प्रतियोगिता

सुर्यपाल/ राम वालोदय आधारभूत विद्यालय मध्यनेपाल न.पा. –३ सुर्यपाल,लमजुङका विद्यार्थीहरु बीच बाल कविता प्रतियोगिता सम्पन्न भएको छ ।
“बालबालिकामा लगानी ,सुनिश्चित भविष्यको थालनी !“ भन्ने मुल नाराका साथ विद्यालयले ५९औं राष्ट्रिय बाल दिवस मनाउने क्रममा कविता प्रतियोगिताको आयोजना गरेको थियो । रामवालोदय ने.जु.रे.स. शिक्षक नायक राजकुमार श्रेष्ठले दिनुभएको जानकारी अनुसार प्रतियोगितामा कक्षा पाँचमा अध्ययरत छात्रा एलिना नेपालीले प्रथम स्थान हासिल गरेकी छन् । त्यसैगरी कक्षा पाँचमा अध्ययनरत जेनिशा रेग्मीले द्वितिय स्थान हासिल गरेकी छन् । कक्षा सातमा अध्ययनरत सुशिल नेपालीले तृतिय स्थान हासिल गरेका छन् । प्रतियोगितामा कक्षा छ की रश्मी श्रेष्ठ सान्त्वना पुरस्कार विजेता बनेकी छन् । बालदिवसको अवसरमा विद्यार्थीहरुले नृत्य, बाल अधिकार सम्बन्धी लेख, गीत बाचन, गरेर प्रतियोगितामा सहभागि भएका थिए ।
विद्यालय का नि. प्र.अ. मनमाया साखी को अध्यक्षतामा भएको कविता प्रतियोगितामा बाल क्लव सहसंरक्षक शिक्षिका सपना नेपाली, बाल क्लव संरक्षक शिक्षिका अनिता शर्मा सेढाई, ने.जु.रे.स. शिक्षक सहनायक सीता थापा, ने.जु.रे.स. शिक्षक नायक रामकुमार श्रेष्ठ, मुल्यांकन समिति संयोजक अर्चना अधिकारी पौडेल आ–आफ्नो धारणा राख्नु भएको थियो । निर्णायक समिति संयोजक अर्चना अधिकारी पौडेल ,सदस्य हरुमा अनिता शर्मा सेढाई र मनमाँया साखीले प्रतियोगितामा सहभागि विद्यार्थीको कविता र बाचन कलाको निर्णायक नतिजा दिनु भएको थियो । कार्यक्रमको संयोजन र सञ्चालन शिक्षक रामकुमार श्रेष्ठले गर्नुभएको थियो ।
प्रतियोगितामा सहभागी बिद्यार्थीहरुमा अभिषेक न्यौपाने कक्षा ४, कृषा नेपाली कक्षा १, दिनेश नेपाली कक्षा ४, सक्षम दुलाल कक्षा ४, सुशील नेपाली कक्षा ७, सुविन गोतामे कक्षा ४, अस्मिता नेपाली कक्षा १, एलिना नेपाली कक्षा ५, पारस परियार कक्षा ७, जेनिशा रेग्मी कक्षा ५, रश्मि श्रेष्ठ कक्षा ६ र रोशन श्रेष्ठ कक्षा ४ रहेका थिए ।
सहभागिहरुले बाल दिवसको नारा नारामा मात्रै सिमित हुन नहुने बालबालिका को हक हित अधिकार को लागि सरकार समेत मौन रहन नहुने स्वयम् सेवामा बालबालिका प्रेरित हुन सक्ने जस्ता बिषयबस्तुलाई विद्यार्थीले कविता मार्फत प्रस्तुत गरेका थिए । यी र यस्ता कार्यक्रम हरुले विद्यार्थी को सिर्जनात्मकतामा थप हौसला प्रदान हुने विस्वास तथा सिर्जनात्मक कार्यक्रमहरुले निरन्तता पाउने अपेक्षा विद्यालय परिवार गर्दछ ।

Related posts

दिनभरको प्यास मेटाउँदै किसान

admin

देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

Deepak Joshi

सत्तागमनसंगै कांग्रेसमा बढ्दै किचलो: बहिर्गमन, गठबन्धन र महाधिवेशनमा मतभेद

admin