28.3 C
Damauli
October 6, 2026
Tanahun Awaj
कला/मनोरन्जनसमाचार

विष्णु माझीको तीज गीत “बलमा” लोकप्रिय बन्दै

हिन्दु सभ्यताका अनुयायी महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा विभिन्न गिती एल्बमहरु सार्वजनिक भएका छन् । 
यसै मेसोमा चर्चित गायिका विष्णु माझीको तीज गीत “बलमा” गतसाता सार्वजनिक भएको छ । तीन वर्षदेखि तीजका अवसरमा गीत सार्वजनिक गर्दै आएकी माझीको यो गीत पनि वितेक वर्षहरुमा जस्तै लोकप्रिय हुने निश्चित जस्तै छ । 
पति सुन्दरमणी अधिकारीको रचना एवं संगित रहेको गीतमा सार्वजनिक भएको हप्ता दिन नवित्दै ३० लाख भ्यू बटुलेबाट यो गीत लोकप्रिय हुने बुझ्न सकिन्छ । यो गीतका विभिन्न अंशमा टिककटक बनाउनेको संख्या अत्यधिक रहेको छ । 
सरु ओली, विमला तामाङ र सक्षम पुडासैनी लगाएतको अभिनय रहेको “बलमाको” भिडियोमा प्रस्तुत दृश्यहरुले दर्शकको मन छुन्छ ।          नारी जसले  परेलीमा आशुँका मोती, ओठमा मन्द मुस्कुराहट अनि चेहेरामा अदृश्य भाव झल्काउन सामर्थ्य राख्छिन ्र,तिनै नारीहरु प्रति समर्पित भनिएको यो गीतको भिडियो हेर्दा यो वाक्य सहि प्रतित हुन्छ । पतिको अनेक खालका हिंसा सहेर पनि उसैको प्रसंशा गर्दै ओठमा मन्द मुस्कान सहित जीउन सक्ने नारीमा सपर्पित छ यो गीत । 
माइती जाने बेला सधै एउटा बहाना बनाउने अनि अर्धाङ्गिनीका लुगा छुनै हुन्न झै गर्ने लोग्नेलाई गीतमा भनिएको छ, 

“बुट्टे चोली धोइछु छुन्न नभन
माइत जान्छु राजै हुन्न नभन”
श्रीमती घर नहुनासाथ बाहिर डुल्ने श्रीमान्लाई सचेत गराउँदै गीतमा भनिएको छ,
“मिठो मिठो खान जन्त नडुले
छानी छानी केटी अन्त नडुले”
अघिल्लो रात बुढोले दिएको याताना विर्सेर मुस्कुराउँदै श्रीमती भन्छिन्,
कम्ती भलादमी छन्, हाम्रा बाका ज्वाईँ
मुसारेर दारी खाम्की क्याहो म्वाईँ
अन्त्यमा महिला हिंसा अपराध भएको स्वीकारेको देखाइएको बलमा हेर्न र सुन्न लाएक छ ।

Related posts

राष्ट्रिय एकता दिवस

admin

बहुजातीय साँस्कृतिक महोत्सव–२०८१

admin

सन्दर्भः लागू पदार्थ विरुद्धको दिवस-सचेतनाको अभावमा दुर्व्यसन जोखिममा युवा

Deepak Joshi