23.6 C
Damauli
September 22, 2026
Tanahun Awaj
समाचार

६१औं स्थापना दिवस

फोटो विश्वभूमि डट कमबाट

दमौली/नेपाल रेडक्रसको ६१औं स्थापना दिवस विविध कार्यक्रमका साथ तनहुँमा पनि मनाइएको छ । जिल्ला शाखाले विरामीलाई फलफूल वितरण गरेर मनायो । चण्डिदेवी राष्ट्रिय मावि युवा रेडक्रस सर्कलले रेडक्रस सम्बन्धी डकुमेन्ट्री समेतका कार्यक्रम गरेर मनाएको छ । सत्यवती मावि युवा रेडक्रस सर्कलले ले हाजिरी जवाफ गरेर मनाएको छ भने परासर माध्यमिक विद्यालय युवा रेडक्रस सर्कलले प्राथमिक उपचार तालिम चलाएर मनाएको छ ।
व्यास नगरपालिका बडा नं ४ स्थित श्री चण्डिदेवी राष्ट्रिय मा.वि.को युवा रेडक्रस सर्कलले ६१ औं नेपाल रेडक्रस स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । सर्कलले रेडक्रस सम्बन्धि डकुमेन्ट्री प्रदर्शन, परिचयात्मक कार्यक्रम तथा चन्दा संकलन कार्यक्रम गरेको छ ।
चन्दा संकलनका क्रममा विद्यार्थीहरु समूह विभाजन गरी बैरेनी, बोटे गाउँ, अत्रौलि, देउराली दुम्सी लगायतका क्षेत्रमा गएर ऐच्छिक चंदा संकलन हरिका थिए। सर्कलकी अध्यक्ष रोशनी कुंवरको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विद्यालयका प्र.अ. एवं संरक्षक रामचन्द्र पोखेलले रेडक्रस आफैमा मानविय संस्था रहेको साथै चकिदेवीको युवा रेडक्रस सर्कल सदैव यस्ता मानविय सेवामा काम गर्दै आइरहेको र रेडक्रसको भावना अनुसार अगाडि बढिरहेको कुरा बताउनु भएको थियो। पोख्रेलले सर्कलका सबै पदाधिकारी अत्यन्तै सक्रय रहेर काम गर्दै आएकोमा धन्यवाद व्यक्त गर्नु भएको थियो ।
सोहि दिन संकलित चन्दा रकम रु आठ हजार पाँच सय नजिकको कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाको सर्कलको खातामा जम्मा गरेको र सो रकम विपदमा परेका, गरिब तथा जेहेन्दार विद्यार्थीको हकमा खर्च गरिने शिक्षक नायक रामप्रसाद सापकोटाले बताउनु भयो । सर्कलकी सचिव रोशनी कुँबरले संचालन गरेको सो कार्यक्रम स्वागत शिक्षक सह–नायक प्रमिला अधिकारीले गर्नुभएको थियो ।

Related posts

उद्घोषण कला सिक्दै फरक क्षमताका व्यक्ति

admin

तनहुमा न्यायीक निरिक्षण

admin

व्यस्त कृषक

admin