उत्तरी छिमेकी चीनले नेपालीको विश्वासमा ठेस पुग्ने काम गरेको छ ।
उसले भर्खरै सार्वजनिक गरेको आफ्नो नयाँ नक्साको छेउमा नेपालको चु्च्चे नक्सा नराखेर पुरानै नक्सा राखे पछि चीन आफ्नो असल मित्र भएको विश्वासमा रहेका नेपालीको विश्वासमा ठेस पुगेको हो ।
नेपालले २०७७ साल जेठ ७ मा आफ्नो लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा सार्वजनिक गरेको थियो । भारतले नेपालको त्यो नक्साालाई स्वीकार गरेको छैन भने अर्काे छिमेकी चीनले पनि नेपालको चुच्चे नक्सा स्वीकार नगरेको भर्खर सार्वजनिक नक्साले बताएको छ ।
चीनको सरकारी सञ्चार माध्यम ग्लोबल टाइम्सले सन् २०२३ को संस्करण भन्दै ट्वीटर मार्फत गत सोमबार सार्वजनिक गरेको चिनियाँ नक्साको छिमेकमा रहेको नेपालको चुच्चे नक्साको स्थानमा पुरानै बुच्चे नक्सालाई नै राखिएको छ । चीनको प्राकृतिक स्रोत मन्त्रालयले जारी गरेको भनिएको उक्त नक्सा चीन र विश्वका विभिन्न देशको राष्ट्रिय सीमा रेखांकन विधिको आधारमा तयार गरिएको उल्लेख छ ।
नेपाल–भारत भूमि विवादका सन्दर्भमा दुई मुलुकबीच समझदारीमा यो विवाद सल्ट्याउन आग्रह गर्ने चीनले ऐतिहासक तत्य र प्रमाणलाई आधार मानेर नेपालले कायम गरेको नयाँ नक्सालाई मान्यता नदिने गरि नक्सा सार्वजनिक गर्नु नबुझिने तथ्य भएको छ ।
चीनले भारतले जस्तै लिपुलेकलाई नेपाली भूमिका रुपमा स्वीकार नगरेको पहिले नै हो । सन् २०१५ मा भारतसंग भएको सम्झौतामा नेपाललाई कुनै सोधपुछ नगरी ति दुइ देशहरु लिपुलेक नाकाबाट सीमा व्यापार बढोत्तरीका लागि कामकुरो गर्न मञ्जुर भएको उल्लेख थियो ।
नयाँ नक्सा सार्वजनिक भएसंगै चीनको विरोधमा एक शब्द सुन्न नचाहने नेपालका बामपन्थीहरुले अब के भन्लान् भन्ने त छँदैछ चीनको यो निर्णयले तीन करोड नेपालीको मन नराम्ररी कुँडिएको छ ।
नेपालीको विश्वासमा ठेस पु¥याउँदै चीन
आफ्नो नयाँ नक्साको छेउमा नेपालको पुरानै नक्सा
previous post