Tanahun Awaj
समाचार

महिला सञ्जालमा धनमायाँ

म्याग्दे/पालिकास्तरीय एकल महिला संजालको अध्यक्षमा धनमाया आले चयन भएकी छन् ।
म्याग्देबाट विवि श्रेष्ठले दिएको जानकारी अनुसार पन्ध्र सदस्यीय संजालको उपाध्यक्षमा ईश्वरी श्रेष्ठ, सचिवमा कमला कुमाल, कोषाध्यक्षमा अनिता थापा, सहसचिवमा कृष्णमाया वस्याल चयन भएका छन् भने सदस्यहरुमा सत्यकला न्यौपाने, विमला रानाभाट, सरला अधिकारी, सिता परियार, श्रृजना सुनार, मन्जु थापा, पुनम थापा, ईश्वरी वाग्ले, सर्मिला कुमाल र ईन्द्रा थापा रहेका छन ।
कार्यक्रममा म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले एकल महिला समाज परिवतनको अंश भएको हुदाँ समाजले एकल महिलालाई सँगै हिडाउनुपर्ने वताउनुभयो । विभिन्न घटनाक्रमका कारण एकल जीवन व्यतित गरेका महिला दिदी वहिनीहरुको वाध्यतालाई समाजले सहयोग गर्नुपर्ने वताए ।
यसैगरि कार्यक्रमका विशिष्ट अतिथी वालकृष्ण घिमिरले राज्यले नै एकल महिलाको हक अधिकार सुनिश्चित गरेको हुदाँ एकल महिलालाई हेलत्व भाव राख्न नहुने वताए । समाज रुपान्तरणको हरेक भागमा सवैमा महत्व हुने हुदाँ एकल महिलाले पनि समाज परिवर्तनको नेतृत्व गर्न सक्ने हुदाँ पालिका यस मामिलामा गम्भिर भएको वताए ।
कार्यक्रमको वारेमा शारदा ग्रैहे पौडेलले सहजीकरण गरेका थिए भने कार्यक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत, वडाध्यक्षहरुले धारणा राखेका थिए भने अनिता थापाले संचालन गरेको कार्यक्रममा आशा गुरुङले सहभागीहरुलाई स्वागत गरेका थिए । सो अवसरमा १ दिने कार्यशाला गोष्ठी समेत संचालन भएको थियो ।

Related posts

दस्तावेज

admin

महासंघ तनहुँको ज्ञापनपत्र

admin

दुई दिने निःशुल्क स्वास्थ्य शिविर

admin