18.6 C
Damauli
October 29, 2026
Tanahun Awaj
समाचार

ब्रतबन्धमा मन्दिरलाई नगद दान

दमौली/रमेश सेवा परियारले व्यास ११ डिही गाउँ स्थित अनन्त व्यास गुफा शिव मन्दिरको व्यवस्थापनमा सहयोग स्वरुप पाँच हजार पन्ध्र रुपयाँ दान गरेका छन् । डिही गाउँ निवासी रमेश सेवा परियारले आफ्नो छोरा युकेशको ब्रतबन्धको अवसर पारेर आईतवार मन्दिर व्यवस्थापन समितिलाई सो दान रकम हस्तान्तरण गरेका हुन् ।
हिन्दु धमप्रतिको आस्था र विश्वासले धार्मिक मठ मन्दिरको विकासमा हातेमालो गर्ने सदिच्छाले रमेश परियारले बताए । युकेशका हजुरबुबा विलबहादुर परियार, हजुरआमा विष्णुमाया परियार, बुबा रमेश, आमा सुनिता र युकेशले संयुक्त रुपमा मन्दिर संरक्षण समितिका अध्यक्ष राजेन्द्र सोतीलाई नगद प्रदान गरेका
थिए ।
धर्मनिरपेक्षताले हिन्दुधर्म माथि भएको आक्रमणबाट हिन्दुहरुको आस्थाको धरोहर मठमन्दिरको विकासको लागि प्रत्येक परिवारको योगदान हुनुपर्छ भन्ने सन्देश दिन पनि आफूले ब्रतबन्धको अवसर पारेर शिव मन्दिरलाई दान दिएको रमेश परियारको धारणा थियो । साथै छोरा युकेश लगायतमा सामाजिक कार्यको लािग सहयोग गर्नु पर्ने रहेछ भन्ने भावनाको विकास गराउनु पनि आफ्नो उद्धेश्य रहेको उनले बताए ।
परियार परिवारबाट प्रत्येक व्यक्तिले आफ्नो घरमा हुने विभिन्न कर्महरुमा सामाजिक क्षेत्रलाई पनि सहयोग गर्नु पर्दो रहेछ भन्ने सकारात्मक सन्देश प्रवाह भएको समितिका अध्यक्ष सोतीले बताए । यस्तो कार्यको सबैले अनुकरण गर्न सके समाजमा रचनात्मक प्रभाव पर्ने उनले बताए ।

Related posts

क्यान्सर विरुद्धको हाम्रो लडाईँ-सम्पादकीय

admin

घाँसीकुवा सभापतिमा पन्थ

admin

जोशीको थप उपचार दिल्लीमा

admin